अमरेशचन्द्र वैदार प्यानलको  प्रतिवद्धता–पत्र 

सिन्धुली साैगात संवाददाता २०७५ जेठ २ गते बुधवार काठमाडौं

 

 “ग्रीन सिन्धुली, क्लीन सिन्धुली«”को अवधारणा अनुरुप स्थानिय नगरपालिका तथा गाउंपालिका संग समन्वय गरि वजार सरसफाई, व्यवस्थित वसपार्क ,सभाहल, व्यवसायीक स्टल, पिकनिक स्पोर्ट , ग्रिन पार्क तथा होम स्टेको निर्माण गरि सिन्धुलीलाई आन्तरिक तथा वाहिय पर्यटकको गन्तव्यको रुपमा विकास गर्दछौ ।

 

 व्यवसायिहरुको आर्थिक समृद्धिका लागि विशिष्टकृत सहकारीको स्थापना गरि जिल्लामा संभाव्य उद्योग तथा कल कारखानाहरुको स्थापना गर्दछौं ।

 

 जिल्लामा संभावना रहेको कृषि ,स्वास्थ्य, शिक्षा, उर्जा, फलफुल तथा जडिवुटीं धार्मिक तथा पर्यटनको क्षेत्रको  विकास तथा विस्तार गर्नका लागि त्रि–वर्षिय व्यवसायीक कार्य योजना निर्माण गरि कार्यान्वयनमा ल्याउनेछौं ।

 

 वि.पि.राजमार्ग लगायतका स्थानिय राजमार्गहरुमा वढ्दो सवारी चाप संगै सवारी दुर्घटनाको न्यूनिकरण गर्न तथा वजार क्षेत्रमा पैदलयात्रिको सुरक्षा तथा सवारी पार्किङको व्यावस्था मिलाउन संवन्धीत निकाय संग सहकार्य गर्दै दीर्घकालीन योजना निर्माण गरी प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउंदछौ ।

 जिल्लामा स्थापित जुनार लगायतका फलफुल उद्योग तथा शित भण्डारणलाई व्यवस्थित  रुपले संचालनमा ल्याउने व्यवस्था मिलाउंछौं ।

 

 सार्वजनिक निजी साझेदारी अवधारणा अनुरुप स्थानिय तथा वाहिय लगानी कर्ताहरुलाई सिन्धुलीमा लगानी गर्न आवाश्यक वातावरण सृजान गर्नेछौ ।

 

 व्यवसायीहरुको आर्थिक कारोवारहलाई सहज र सुरक्षित गर्न प्रत्येक गाउंपालिकाको मुख्य वजारहरुमा वैक तथा वित्तिय संस्थाहरुको स्थापना गराउने व्यवस्था मिलाउंछौ ।

 

 सदस्य हित कोषको दायरालाई फराहिलो वनाई रु.२५,०००। सम्म राहत प्रदान गर्न सकिने व्यवस्था मिलाउंछौ ।

 

 व्यवसायीहरुकोे सुझाव संकलन , कर तथा भ्याट को कारोवार व्यवस्थापन गर्नका लागि संघको कार्यालयमा हेप्प डेस्कको व्यवस्था मिलाउंदछौ ।

 

 दक्ष कर्मचारी सहित झागाझोली रातमाटा, चकमके, भलुवाई,डकाहा र दुधौली शाखाहरुलाई एक एक थान कम्प्यूटर तथा प्रिन्टर सेट उपलव्ध गराई व्यवस्थित सचिवालय निर्माणको व्यवस्था मिलाउंछौ ।

 

 व्यवसायीहरुको दक्षता वृद्धिका लागि व्यवसाय सुधार, विक्री कला ,लेखा, कर तथा भ्याट व्यवस्थापन एवं अन्य स्वरोेजगार मुलक व्यवसायीक तालिमको आयोजना गर्दछौ ।

 

 सिन्धुली जिल्लालाई पूर्ण रुपमा वन्द हड्ता मुक्त जिल्ला वनाउन पहल गर्नेछौ ।

 

 उद्योग ,व्यवसायको क्षेत्रमा कृयाशिल रहि समग्र जिल्लालाई आर्थिक समृद्धिको मार्गमा लैजान अतुलनिय योगदान गर्नु हुने व्यवसायीहरु तथा उद्योग रूवाणिज्यको प्रवद्र्धनमा  लेख रचना  प्रकाशन गर्ने संचार कर्मिहरुलाई सम्मान तथा पुरस्कारको व्यवस्था गर्नेछौं।

 

 स्थानिय स्तरका व्यवसायीहरुको व्यवसायलाई प्रवद्र्धन गर्न गैर कानूनी रुपमा व्यापार व्यवसाय संचालन गर्ने पोके व्यवसायीहरुलाई निरुत्साहित गर्नेछौ ।

 

 सिन्धुली उवासंघको विधानलाई राज्यको पुनरसंरचना निति अनुरुपम परिमार्जन गरि व्यवस्थित  विधान  वनाउंनेछौं ।

 

 संघ मार्फत गरिने सवै गतिविधीहरुलाई पारदर्शि र जवाफदेहि वनाई आम जनममुदायलाई सुसुचित गराउन नियमित रुपमा वुलेटीन, स्मारिका, मेम्वर डायरेक्ट्री र सिन्धुली टुरिजम डायरी प्रकाशन गर्दछौं ।

 

 भुकम्प, आगलागी,वाढीपहिरो,हुरिवतास जस्ता विपदका कारणवाट हुनसक्ने क्षतिलाई न्यूनिकरण गर्न स्थानिय तथा सरकारी निकायहरु संग समन्वय गरि पूर्व तयारी योजना निर्माण र तत्काल राहतको प्रवन्ध मिलाउन संस्थागत नेतृत्व गर्दछौ ।

 

 स्थानिय,प्रदेश र केन्द्रीय सरकारले संस्थागत रुपमा उवासंघलाई दिएको जिम्वेवारीलाई सिन्धुली जिल्लामा प्रभावकारी रुपमा कार्यान्वयनमा गरि सवै तहका जन प्रतिनिधिहरुलाई सफल वनाउने भूमिका निर्वाह गर्नेछौ  ।

 

 धरान — चतरा – हेटौडा राजमार्ग निर्माणवाट विस्तापित हुन गई रहेको मुख्य व्यवसायिक स्थानहरुलाई संरक्षण गर्न संवन्धित निकाय संग छलफल गरि वैकल्पिक निकास निकाल्न पहल गर्नेछौ ।

 

  अमरेशचन्द्र वैदार  प्यानल

सिन्धुली उद्योग वाणिज्य संघ

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top