नेपाली विद्यार्थी आन्दोलनको ५३ वर्ष पुरा

सिन्धुली साैगात संवाददाता २०७५ जेठ २ गते बुधवार सिन्धुली

 

नेपाली विद्यार्थी आन्दोलनको मंगलवार ५३ वर्ष पुगेको छ । विद्यार्थी एकता तथा स्थापना दिवसको अवसरमा अनेरास्ववियु सिन्धुलीले नव ज्योती बहिरा निम्नमाध्यामिक विद्यालय जसेदमारका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । विद्यालयका सह प्रधानाध्यापक दुर्गा भुजेललाई अनेरास्ववियुका पदाधिकारीहरुले शैक्षिक सामाग्री हस्तान्तरण गरेको अनेरास्ववियुले जनाएको छ ।

 

कार्यक्रममा १८० थान कापी, ९०—९० थान पेन्सिल, इलेजर, साप्नर हस्तान्तरण गरिएको हो ।

 

अनेरास्ववियु सिन्धुलीका अध्यक्ष गोकर्ण भुजेलको अध्यक्षता तथा अनेरास्ववियु केन्द्रिय कमिटि सदस्य तथा पुर्वी वाग्मती इन्चार्ज टिकाजंग थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा विद्यार्थी इन्चार्ज नारायण बराल, अनेरास्ववियुका पूर्व अध्यक्ष दिपेश बराल, अनेरास्ववियुका पुर्व नेताहरु फडिन्द्र पहाडी, सुवास थापा, युवा संघ नेपाल जिल्ला कमिटी सदस्य प्रकाश रायमाझीलगायतका विद्यालयका शिक्षक शिक्षिकाको उपस्तिी रहेको थियो ।

 

कार्यक्रममा अनेरास्ववियु जिल्ला कमिटी सदस्य कञ्चन पहाडीले स्वागत मन्तव्य राखेका थिए ।

 

यसैविच, ५४ औँ विद्यार्थी एकता तथा स्थापना दिवसको अखिल क्रान्तिकारी सिन्धुलीले पनि सम्झना गरेको छ । दिवसका अवसरमा जिल्ला अस्पताल सिन्धुलीका विरामीहरुलाई फलफुल वितरण गरि मनाएको हो ।

 

जिल्ला अस्पताल सिन्धुलीका वाड तथा इमरजेन्सी कक्षमा उपचाररत ३५ जना विरामीलाई फलफुल वितरण गरेको अखिल(क्रान्तिकारी) सिन्धुलीका अध्यक्ष तथा संगठनका केन्द्रिय सदस्य उत्तम पहाडीले जानकारी दिए ।
फलफुल वितरण कार्यक्रममा नेकपा माओवादी केन्द्रका यमकुमार देवकोटालगायत अखिल क्रान्तिकारी सिन्धुलीका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

 

विद्यार्थी आन्दोलनले सार्थकता पाएको दिनको सम्झनामा अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायतका विद्यार्थी संगठनले हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top