दुधौली– २ मा शहरी स्वास्थ्य क्लिनिक सञ्चालन

सिन्धुली साैगात संवाददाता २०७५ जेठ २ गते बुधवार सिन्धुली

 

दुधौली नगरपालिकाको वडा नम्बर २ हत्पतेमा मंगलवारबाट शहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा आएको छ ।

 

क्लिनिकको सेवा सुभारम्भ भएको घोषणा गर्दै नगरप्रमुख घनश्याम राउतले वडावासीले अब सर्वसुलभ ढंगबाट सेवा लिन सक्ने बताए । उनले भौगोलिक विकट्ताका कारण स्वास्थ्य सेवाबाट बञ्चित भएका स्थानीयहरुलाई शहरी स्वास्थ्य क्लिनिक स्वास्थ्य सेवाको पहुँचमा ल्याउने आशा व्यक्त गरे ।

 

स्वास्थ्य नै धन भएको उल्लेख गर्दै उनले नगरपालिकाले स्वास्थ्य शिक्षा लगायतका विकासका पूर्वधार निर्माणमा जोड दिइरहेको बताए । साथै आगामी नगरसभाले नगरवासीलाई विद्युतीय पहुँचमा पु¥याउन योजना बनाउने नगरप्रमुख राउतले बताए ।

 

शहरी स्वास्थ्य क्लिनिक दुधौली नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालनमा आएको हो । क्लिनिकबाट वडाका १५ सय भन्दाबढी घरपरिवार प्रत्यक्ष लाभान्वीत हुने वडा अध्यक्ष रितेश राउतले बताए । क्लिनिकबाट उपस्वास्थ्य चौकीबाट पाउने सबै प्रकारका स्वास्थ्य सेवा उपलब्ध हुने अध्यक्ष राउतले बताए ।

 

क्लिनिकमा एक जना अहेव र अहेवको दरबन्दी रहेको छ । आफ्नै ठाँउमा स्वास्थ्य क्लिनिक सञ्चालनमा आएसँगै स्थानीयहरु निकै हर्षित भएका छन् । नजिक स्वास्थ्य संस्था नभएका कारण सामान्य स्वास्थ्य उपचारका लागि पनि अन्यन्त्र धाउनुपर्ने समस्याको अन्य भएको भन्दै हत्पतेका स्थानीयहरु हर्षित भएका हुन् ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top