चाँदीका सामान सहित एक जना पक्राउ

सिन्धुली साैगात संवाददाता २०७५ जेठ २ गते बुधवार सिन्धुली

 

विपि राजमार्ग सडक खण्ड अन्तर्गत कनपा ६ मा ठुलो परिमाणमा चाँदीका सामान सहित एक जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी गस्ती टोलीले सुराकीको आधारमा उदयपुर कटारी नगरपालिका वडा नम्बर ८ का २२ वर्षिय कुशल निरौलालाई पक्राउ गरेको हो ।

 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले मंगलवार पत्रकार सम्मेलन गरि निरौलालाई सार्वजनिक गरेको छ ।

 

सोमवार काठमाडौँबाट उदयपुर कटारी तर्फ जादै गरेको ना १ ज ६०७६ नम्बरको टाटा सुमोमा गाडी रोकी चेक जाच गर्दा निरौलाको साथबाट चाँदीका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक विनोद शर्माले बताए ।

 

पक्राउ परेका निरौलाको साथबाट चाँदीको गणेशको मुर्ति १ थान, चाँदीको सिक्का ठुलो ५ पिस, मझौला ७ पिस, सानो ९ पिस, चाँदीको दुर्गाको मुर्ति ५ थान, चादीको पाउजु १ जोर, चाँदीको बाला ३ जोर, कालो मुंगा भएको चाँदीको औठी २ थान, चाँदीको सानो डिक्का २ पिस, चाँदीको करुवा १ थान, चाँदीको खड्कुलो १ थान, चाँदीको घण्टी १ थान, चाँदीको प्लेट १ थान, पञ्च पत्र थान १ थान, चम्चा २ थान, चाँदीको पुजा थाली ३ थान, चाँदीको बुट्टेदार थाल १ थान, टिका रंग २ थान फेला पारेको प्रहरी नायव उपरिक्षक शर्माले बताए ।

 

चाँदीका सामान सहित पक्राउ परेका निरौला उक्त दशीका सामान सहिति आवश्यक कारर्वाहीको लागि राजश्व कार्यालय पथलैयामा बुझाइने प्रहरी नायव उपरिक्षक शर्माले बताए ।

 

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top