विद्यार्थी भर्ना अभियान २०७५ सम्पन्न

सिन्धुली साैगात संवाददाता २०७५ जेठ १ गते मंगलवार सिन्धुली

 

नियमित कार्यक्रम अनुसार सोमबारबाट विद्यार्थी भर्ना अभियान २०७५ सम्पन्न भएको छ ।

 

तत्कालिन जिल्ला शिक्षा कार्यालय हालको शिक्षा विकास तथा समन्वय इकाईका अनसार वैशाख १ गतेबाट सुरु भएको विद्यार्थी भर्ना अभियान सोमबारबाट औपचारिक रुपमा सकिएको हो ।

 

सरोकारवालाहरुको सहभागितामा विभिन्न कार्यक्रम गरि विद्यार्थी भर्ना अभियान सम्पन्न गरिएको शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका विद्यार्थी भर्ना अभियानका फोकल पर्सन नबराज बरालले बताए ।

 

गत १ देखि १५ गतेसम्म विद्यालयमा विद्यार्थी स्वयमलाई उपस्थि गराई भर्ना गरिएको र १६ गतेदेखि सोमवारसम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्षको अध्यक्षतामा सर्व पक्षिय समिति गठन गरेर घरदैलो कार्यक्रम गरिएको उनले बताए । विद्यार्थी कम भर्ना भएको क्षेत्र पहिचान गरि त्यस्ता ठाउँमा जिल्लाको सवै सरोकारवालाको उपस्थितिमा वृहत शैक्षिक चतनामूलक कार्यक्रम गरिएको समेत उनले बताए ।

 

यता शिक्षा मन्त्रालयको १० बुदे मार्गचित्र अनुसार भने असार १५ सम्ममा सवै वडामा विद्यालय उमेर समूहका बालबालिका विद्यालयमा भित्र रहेको घोषणा गर्ने कार्यक्रम अनुसार विभिन्न कार्यक्रम गर्ने तयारी गरिरहेको शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका फोकल पर्सन बरालले बताए ।

 

शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका फोकल पर्सन बरालका अनुसार विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय भित्र ल्याएको घोषणा गर्नका लागि विभिन्न कार्यक्रम गरिने बताए । जस अनुसार जेठ समान्त सम्ममा कति प्रतिशत बालबालिका विद्यालय बाहिर छन् भन्ने तथ्यांक संकलन गरिने र असार १५ सम्ममा विद्यालय उमेर समूहका बालबालिकाहरु विद्यालय भित्र रहेको घोषणा गरिने बताए ।

 

शिक्षा विकास तथा समन्वय इकाईको प्रारभिक तथ्यागका अनुसार ४ प्रतिशत बालबाविका विद्याथलय बाहिर रहेका छन् । तर काहाँ कति बालबालिका बाहिर छन् भन्नेबारे भने पत्ता लगाउन बाकि रहेको छ । त्यसका लागि सवै विद्यालयलाई आफ्नो सेवा क्षेत्र भित्र विद्यालय बाहिर रहेका बालकालकाहरुको तथ्यांक पत्ता लगाएर शिक्षा विकास तथा समनवय इकाइमा जानकारी गराउन आग्रह गरेको छ ।

 

 

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top