अन्डरवेयरटको मूल्य पनि लाखौं ?

सिन्धुली साैगात संवाददाता २०७५ वैशाख २५ गते मंगलवार काठमाडौं

 

पहिरनप्रति मान्छेहरु चुजी हुन्छन् । पहिरन खरिद गर्नका लागि निकै सोचबिचार गर्छन् । आफुलाई मन परेको पहिरन फेला परेमा जतिपनि खर्च गर्न तयार हुन्छन् । तर कसैले पेन्टी तथा अन्डरवेयरमा पनि मन खोलेर खर्च गर्न सक्छ ?

 

त्यो पनि चानचुने मूल्यको होइन । लाखौको कुरा हो । हुन त तपाईलाई लाग्न सक्छ कि अन्डरगार्मेन्ट महिलाको मात्र महंगो हुन्छ । तर पुरुषको अन्डरगार्मेन्ट पनि कम महंगो हुँदैन । यहाँ हामीले जुन अन्डरवेयरको कुरा गर्दैछौं त्यो निकै महंगो छ ।

 

यो महंगो हुनुको पछाडि आरमदायक छ । यस्तै महंगो ब्रान्डको अन्डरवेयरमा aussiebum पनि एक हो । असीबम अष्ट्रेलियाको स्विमवेयर र अन्डरवेयर म्यानुफ्याक्चरिङ कम्पनी हो ।

 

यसमा २४ क्यारेटको सुन प्रयोग हुन्छ । अन्डरवेयरमा प्रयोग हुने धागो स्विजरल्यान्डमा बन्छ । यसको मूल्य एक जोडीको १० लाख रुपैयाँभन्दा बढी महंगो पर्छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top