१८४ जनाको मुख तथा दन्त स्वास्थ्य परिक्षण

सिन्धुली साैगात संवाददाता २०७५ वैशाख २५ गते मंगलवार सिन्धुली

 

निशुल्क मुख तथा दन्त स्वास्थ्य शिविर सोमवार तीनपाटन गाँउपालिकाको वडा नम्बर ६ मा सम्पन्न भएको छ । शिविरमा १ सय ८४ जनाको मुख तथा दन्त स्वास्थ्य परिक्षण गरिएको छ ।

 

जिल्ला अस्पतालका दन्त चिकित्सक धनकुमारी मानन्धरको नेतित्वमा डाक्टर शंखर श्रेष्ठ, शृंखला श्रेष्ठ, पुजा पाच्या, प्रभा ज्ञवाली र रुची वस्तीले स्थानीयहरुको मुख तथा दन्त स्वास्थ्य परिक्षण गरिएको आयोजक भगवती आल्मुनाईका सचिव यग्य बस्नेत विवेकलेले जानकारी दिए ।

 

तीनपाटन गाँउपालिकासंग समन्वय गर्दा सो वडाका स्थानीयहरु नजिक स्वास्थ्य संस्था नहुनु र भएका स्वास्थ्य चौकीबाट भरपर्दो सेवा सुविधा नपाउनाले मुख तथा दन्तका समस्याबाट ग्रसीत भइरहेको भन्ने खबर पाएपछि भगवती आल्मुनाईले शिविर आयोजना गरेको उनले बताए ।

 

आफ्नै ठाँउ स्वास्थ्य परिक्षण गराउन पाउदा स्थानीयहरु निकै हर्षित देखिएका थिए ।

 

जिल्ला अस्पताल सिन्धुलीको प्राविधिक सहयोगमा शिविरको आयोजना गरिएको हो । भगवती आल्मुनाईले जिल्लाका ९ वटै स्थानीय तहमा एक एक वटा कार्यक्रम गर्ने योजनाका साथ गाँउगाँउमा कार्यक्रम गरिरहेको छ । सोही कार्यक्रम अन्तरगत नै तीनपाटन २ मा पनि स्वास्थ्य शिविर आयोजना गरिएको भगवती आल्मुनाईका सचिव बस्नेतले बताए ।

 

यस्तै अन्य स्थानीय तहमा पनि आवश्यकता अनुसारको कार्यक्रम आयोजना गरिने उनले बताए । हालसम्म भगवती आल्मुनाईले कमलामाई नगरपालिका, गोलञ्जोर र तीनपाटन गाँउपालिकामा कार्यक्रम सम्पन्न भइसकेको जनाएको छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top