सिसि क्यामरा प्रयोगमा ल्याउ

सम्पादकीय २०७५ वैशाख २५ गते मंगलवार सम्पादकीय

 

सिन्धुली जिल्लामा विभिन्न ठाउँहरुमा सिसि क्यामरा जडान गरितापनि अधिकांश सिसि क्यामरा प्रयोगविहिन अवस्थामा रहेको विभिन्न घट्नाक्रमले देखाउँदै आएको छ । ठाउँ ठाउँमा राखिएका सिसि क्यामराहरु बिग्रिएका कारण त्यस्को फाइदा लिन सकिएको छैन । सदरमुकाममा चोरी, सडक दुर्घट्ना लगायत विभिन्न घट्नाहरुमा सिसि क्यामराले सत्य तथ्य निर्णय लिन महत्वपुर्ण भुमिका खेल्दछ । क्यामराको प्रयोगबाट नियम पालना नगर्नेलाई कार्वाही गर्न सकिन्छ । तर, दुर्भाग्य नै भन्नुपर्छ, जिल्लाका अधिकांश क्यामराहरु प्रयोगबिहिन छन् । गत शनिबार धुराबजारमा राखिएको शंकास्पद वस्तु कस्ले राखेको पत्ता लगाउन सकिएको छैन । यदि सिसि क्यामरा नबिग्रिएको भए उक्त घट्नामा संलग्न रहेका दोषिलाई सजिलै पक्राउ गर्न सकिने थियो । तर, घट्ना घटेकै ठाउँमा रहेको सिसि क्यामरा प्रयोगविहिन भएकाले दोषि उम्किन सफल भए । त्यसैगरि, सडकमा हुने दुर्घट्नाहरुमा कस्को गल्ति रहेको थाहा पाउन पनि क्यामरा उपयोगी छ ।

 

सिसिटिभीले सुरक्षामा सहयोग पुराउने हुदाँ पनि सेवालाई दुरुस्त राख्न सरोकारावालाहरुले ध्यान दिन आवश्यक छ । अतः सिसिटिभिमा खर्चिएको बजेट बालुवामा पानी हाले जस्तो नहोस् ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top