आचार्य श्रीनिवास काठमाडौँबाट पक्राउ

सिन्धुली साैगात संवाददाता २०७५ वैशाख २४ गते सोमवार काठमाडौं

 

धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् । आफैँले गोली हान्न लगाएको आरोपमा प्रहरीले मोरङ प्रहरीको टोलीले श्रीनिवासलाई काठमाडौँबाट पक्राउ गरेको हो ।

 

उनीमाथि चैत २५ गते गोली प्रहार भएको थियो । अनुसन्धानका क्रममा आफैँले योजना बनाएर गोली हान्न लगाएको देखिएपछि आचार्यलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । उनीलाई गोली हानेको आरोपमा पक्राउ परेका अभियुक्तहरुले श्रीनिवासले नै योजना बनाएर आफूलाई गोली हान्न लगाएको बयान दिएका हुन् ।

 

 

आचार्यले हिन्दु राज्य कायम गर्न विभिन्न चरणमा भएको आन्दोलन सार्थक नभएपछि जनता र धर्मगुरुहरूलाई उक्साउन आफूमाथि गोली प्रहारको नाटक रचेका बयानमा बताइएको छ ।

 

श्रीनिवासलाई काठमाडौँ विमानस्थल नजिकैबाट प्रक्राउ गरी विराटनगर लगिएको प्रहरीले जनाएको छ । गोली प्रहारबाट घाइते भएका उनी विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारपछि हालसालै घर फर्केका थिए ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top