शैलशिखरले नबोली धरै नपाएपछि

विष्णु देबकोटा २०७५ वैशाख २३ गते आइतवार विचार

 

ऐतिहासिक विजयकिल्ला सिन्धुलीगढीको उपनामबाट स्थापित शैलशिखर कृषक उत्थान संस्था २०६० मा मकवानपुरमा दर्ता भइ २०६४ साल देखि सिन्धुली जिल्लामा कार्यक्रम संचालन गर्ने अनुमति प्राप्तगरी उद्देश्य एवं कार्यक्रम PPFDS (प्रकाशन,परोपकार,फार्मिङ,डेरीडेभलपमेन्ट एवं संस्था ब्यवस्थापन तथा सरसफाई) मध्ये प्रकाशनपछिको परोपकार कार्यक्रम अन्तर्गत २०६७ मा खुर्कोटमा सुरु भई २०६८ भाद्र १० देखि सिन्धुलीमाढी रातमाटामा एक समारोहका वीच सिन्धुली कार्यालय उद्घाटनका साथ साथै संस्थाकै नामबाट शैलशिखर अनाथालय सिन्धुली सुरुवातगरी २०६८ भदौ २९ गते बालदिवसका अवसरमा तात्कालीन प्र.जि.अ.श्री वेणीमाधव ज्ञवाली ज्युको रोहवरमा यहाँ आश्रित अनाथ असहाय बालबालिकाहरुलाई हामीले पालनतालनगरी भगवती अंग्रेजी मा.वि.मा पढाउने एक आपसमा सम्झौता भए अनुसार हाल सम्म सोही विद्यालयमा अध्ययन अध्यापन गरिरहेको सन्दर्भमा जिल्ला बालकल्याण समिति सिन्धुलीको मिति २०६९।९।६ को पत्र अनुसार र बेलाबेलाका निर्देशनलाई पालनागर्दै आश्रित अनाथ असहाय बालबालिकाको उच्चस्तरको पढाई लेखाई अनुशासनका साथ हिजोका अभिभावक/आश्रय विहिन बालबालिकाहरु आजको हाम्रो स्याहार संभार उपभोग गर्दै भोलिका मुलुकका कर्णधार नागरिक तर्फ उन्मुख भइरहेको अवस्था छ ।

 

२०७०।३।३१ को संस्थाको संशोधित विधानका साथै महिला तथा बालबालिका कार्यालय मकवानपुरमा मिति २०७१।५।१६ मा सुचिकृत साथ प्राय सवै बैधानिक प्रकृया पुरागर्दै वार्षिक आय ब्यय विवरण,लेखापरीक्षण प्रतिवेदन एवं करचुक्ता प्रतिवेदन सम्बन्धित निकायमा पेशगरीनुका साथै नयाँ स्थानीय सत्ता कमलामाई न.पा.मा संस्थाको अनाथालय संचालन सहित संस्थाको कार्यक्रम सुचिकृत भइसकेको साथै हरेक गतिविधिको जानकारी समयमै गराउदै आएको छ भने हाल ९ जना आश्रित बालबालिकाहरु कक्षा एलकेजी देखि कक्षा ८ सम्म स्तरीय अंक प्राप्तगर्दै अध्ययनरत छन् । यस वीचमा स्थानीय नेपाली सेना, प्रहरी परिवार,प्रवासि नेपाली,मिडिया जगत,कर्मचारी संघ संस्था,राजनीतिदलका भातृ निकाय,समाजसेवी ब्यक्ति ब्यक्तित्व एवं निकायबाट विविध प्रकारको सहयोग जुटी साथै हाम्रो सम्पुर्ण कमाई अर्पितगरी सवैको मायाँ पाउदै अघि बढिरहेको शैलशिखर कृषक उत्थान संस्थाको परोपकार कार्यक्रम अन्तर्गत संचालित शैलशिखर अनाथालय सिन्धुलीको संचालन निर्देशिका (२०७३),आचार संहिता,दैनिककार्य तालिका (खानपान समेत),स्वास्थ्य स्वयंसेविकाबाट नियमित स्वास्थ्य जाँच,सिन्धुली अस्पतालबाट निशुल्क स्वास्थ्य कार्ड प्राप्तगरी औषधि उपाचार भईरहेको छ । यस अनाथालयको साविक साङवालेस्थित भाडाको आवास गृह २०७२ को महाभुकम्पबाट क्षतिग्रस्त भए पश्चात राममाडीमा साघुरो स्थानमा केही समय कष्टपुर्ण तवरले ब्यतितगरी हाल क.न.पा.४ ढुंग्रेवासमा फराकिलो तथा करेसाबारी समेत भएको घर भाडामा लिइ सकभर ब्यवस्थित तवरले बच्चाहरुको आवास एवं खानपान ब्यवस्थापन गरी आएको छ ।

 

गत निरीक्षणका क्रममा राम्रो ठाउँमा आवास नरहेको,आवास प्राङगढको सुग्घर सफाईमा कमि कमजोरी रहेको भनि सुझाव एवं प्रतिकृया प्राप्त भएकोमा यसलाई गम्भीरतापुर्वक पालन गर्दै आउँदा आउँदै बैधानिक प्रकृयामा कमिकमजोरी रहेको भन्दै साविका मार्फत प्राप्त भइरहेको युनिसेफको प्रति बालक रु ५०००।– कटाईएको,प्लान इत्टरनेश्नल (सिन्धुली) बाट प्राप्त भइरहेको स्टेसनरी तथा लत्ताकपडा सहयोग रोकाइएको,बालबालिका पढाइरहेको विद्यालयलाई अनावश्यक टर्चर दिएको,माथिल्ला अधिकारीबाट अनुगमन गर्नु गराउनु भन्दा नमानेको,कतिपय सहयोगीलाई त्यहाँ सहयोग गरे बेरुज हुन्छ भनेको,हामीलाई बालबालिका सम्बन्धि कुनै गोष्ठीमा पनि सहभागी नगराई अछुत जस्तो ठानेको,अनाथ बालबालिकाहरुको भलो नचाहने एकाध ब्यक्ति विशेषको चुक्लीका आधारमा ठाउँ ठाउँमा गई हाम्रा विरुद्ध अडियो भिडियो रेकर्ड गरेको,सरोकारवालालाई कुनै किसिमको सोधपुछ र कुनै जानकारी नै नदिइ संस्था खारेज गर्ने प्रकृया अगाडि बढाउन खोजेको जस्ता गैर जिम्मेदार कार्यहरु जिल्ला बालकल्याण समिति एवं महिला तथा बालबालिका कार्यालयका पदाधिकारीबाट हुन गएकोमा बाध्य भई सो कुरा सार्वजनिक गर्दछौं । बर्तमान संविधानबाट प्रदत्त अनाथ बालबालिकाको अधिकारको संरक्षणगरी संम्बन्धित निकायका पदाधिकारीहरुको यस्तो हेपाह र गैरजिम्मेदार कार्यप्रति दुःख ब्यक्त गर्दै वहाँहरुलाई आफ्नो अधिकार एवं कर्तब्य बोध गराउन समेत आवश्यक देखि आफु पत्रकार समेत रहेको नाताले अनाथ/असहाय प्रति यसो नगर्न साथै आगामी दिनमा अनाथालयको अनुगमन निरीक्षण एवं मुल्यांकन समेत गर्दै केहि नपुग कुरा भए पुरा गर्न निर्देशन पाउन साथै अवैधानिक लाग्नेलाई हाम्रो प्रोफाइल पल्टाई हेर्न र विगत १७/१८ महिना यता रोकिएको हाम्रो संस्थाको अनुगमन कार्यलाई वर्तमान परिवेश अनुसार गर्न गराउन समेत अनुरोध गर्दछौं ।

 

यस संस्थाद्धारा संचालित शैलशिखर अनाथालय सिन्धुलीमा आश्रित अनाथ असहाय बालबालिका र बालबालिकाको हेरचाह कर्ता हाम्रो त्याग,लगनशीलता अनुशासन,सृजनशीलता लगायतका कुराहरुबाट प्रभावित भई विभिन्न अनाथ प्रेमि महानुभाव एवं संघ संस्थाहरुबाट विविध सहयोग पाई अध्ययनगरी रहेका यहाँका अनाथ असहाय बालबालिकाहरुले स्थानीय स्तरका अतिरिक्त कृयाकलापमा प्रतिस्पर्धि रहदै २०७३ मार्गमा रामेछाप मन्थलीमा आयोजित प्रथम बालबालिका साहित्यिक प्रतियोगितामा सहभागी भई ३ जनाले सान्त्वना पुरस्कार /प्रमाण पत्र प्राप्तगरी ख्याति आर्जन गर्न सफल रहदै रेडियो कार्यक्रममा समेत सहभागी भई आकर्षक प्रस्तुती दिन समेत सफल भए । यस्तै विभिन्न विशेषताले सजिएका हाम्रा अनाथ बच्चाहरुले धेरै महानुभावहरुको फेसवुकमा समेत ठाउँ पाएका छन् ।

 

सिन्धु,स्वर्णीम भविष्य सहकारी संस्था,पब्लिक क्याम्पस प्राध्यापक संघ,कपडा तथा सिलाई ब्यवसायी संघ लगायत संघ संस्थाबाट सम्मान पत्रका साथ सहयोग प्राप्त गरेको शैलशिखरले विगत ४ वर्ष देखि कोसेली डेरी उद्योगबाट दैनिक १ लिटर दही, डा.राम कुमार कार्कीबाट गत वर्ष देखि दैनिक आधा लिटर दुध उपलब्ध भइरहेको,संचालनको ८ वर्षको वीचमा निजामती कर्मचारी संगठन/ युनियन परिवारबाट प्रमुख जिल्ला अधिकारी ज्युको प्रमुख आतिथ्यमा ४ पटक स्टेसनरी एवं नगद राहत स्वरुप उपलब्ध भएको थियो भने विभिन्न ब्यक्ति ब्यक्तित्व एवं निकायबाट जुटेका बन्दोबस्तीका जिन्सी एवं सम्पति सामान राख्न सानो तिनो घरले नभ्याउने देखि हालको आवासकै निकट पर्ने राममाडी टोल विकास संस्था परिवारबाट आवास निर्माणका लागि १ कठ्ठा जग्गा उपलब्ध गराउने सर्वसम्मतिबाट निर्णय भई कमलामाई नगरकार्यपालिकामा अन्तिम निर्णयार्थ पठाइएको,यसैगरी क.न.पा.४ वडा समिति मार्फत कमलामाई नगरपाकिाबाट रु ५०००० खाद्य एवं शैक्षिक सहयोग प्राप्त भएको,३ नं.प्रदेश समाज विकास मन्त्रालयका महिला बालबालिका अधिकृत आई छड्के अनुगमन गरिसकेको अवस्था छ । यस्तै एन आर एन अध्यक्ष भवन भट्ट रेडक्रस कर्मी अशोक श्रेष्ठ एवं शारदा पहाडी,सिन्धुली सामुदायिक टेक्नीकल इन्ष्टीच्युट परिवार,दारी ग्याङ,योर्स फोटो ग्यालरी परिवार, निरन्तर पठनपाठन गराउने भगवती अंग्रेजी मा.वि.परिवार,समस्त सहकारी परिवार, विगतमा ठुलो सहयोग गर्नु हुने ९ नं.बाहिनी एवं पुरानो गोरख गण परिवार कम्प्युटर उपलब्ध गराउनु हुने राधिका भट्ट एवं श्रीया श्रेष्ठ,मिडिया परिवार लगायत सम्पुर्ण सहयोगी ब्यक्ति ब्यक्तित्व एवं संघ संस्था प्रति हार्दिक आभार प्रकट गर्दछौं । साथै आगामी दिनमा संस्थाको आवास निर्माण,जगेडा कोष स्थापना एवं अन्य पुजिगत निर्माण÷सहयोगका लागि समेत अझ बढी सहयोग पाउने आशा एवं अपेक्षा राख्दछौं ।

 

अन्तमा यस संस्थाको उद्देश्य कार्यक्रम सम्बन्धमा केहि नपुग भएका कुराहरुलाई पुरा गर्दै स्थानीय सरकारबाट निर्माण हुने नीति नियमहरु बालमैत्री अनाथमैत्री हुने अपेक्षा राख्दै हाम्रा निकटका क.न.पा.४ र ६ का वडा अध्यक्ष/सदस्य ज्यु,मेयर/उपमेयर ज्यु, प्र.जि.अ/स.प्र.जि.अ.ज्यु,जिल्ला समन्नय समिति संयोजक ज्यु साथै राजनीतिकदलका सांसद एवं प्रतिनिधि ज्युहरु समक्ष समाजका असहाय अपहेलित परिवारलाई उचित संरक्षण तथा संवर्धन गर्दै भविष्यका कर्णधार तथा कृषि सहकारी एवं दुग्ध विकास अभियानका दक्ष कामदार निर्माण गर्न लागि परेको शैलशिखर परिवारलाई आ–आफ्नो ठाउँबाट यथासक्य सहयोग पुर्‍याइदिन हुन हार्दिक अनुरोध गर्दै उपल्ला वर्गले तल्ला तथा अनाथ असहायहरुलाई उपरोक्त झै हेप्ने र चेप्ने परिपाटीको अन्त्य हुन समेत शैलशिखर परिवार अपिल गर्दछौं ।

 

(यसका पंतिकार शैलशिखर कृषक उत्थान संस्था/अनाथालयका अध्यक्ष,जिल्ला दुग्ध सहकारी संघका अध्यक्ष एवं पत्रकार समेत हुन)

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top