शिक्षक र गुणस्तरियता

सम्पादकीय २०७५ वैशाख २३ गते आइतवार सम्पादकीय

 

शैक्षिक संस्था शान्तिक्षेत्र बनाउने सरकारी प्रतिबद्धता भए तापनि राजनीतिक हावा चलेपछि त्यो क्षेत्र अशान्त हुने गरेको छ । बाह्य राजनीतिको प्रभाव शिक्षण संस्थामा परेको छ । त्यो प्रभावले गर्दा कहिलेकाही शिक्षण संस्था बन्द, हड्ताल हुने र कहिँकतै तोडफोड पनि हुने गरेका छन् । शिक्षण संस्थामा बराबर बन्द हड्ताल गरिने शिक्षकहरू राजनीति पार्टी विशेषमा संलग्न हुँदा शिक्षक–शिक्षकबीच विवाद बढ्ने र त्यसरी राजनीतिमा सक्रिय भएका शिक्षकले विद्यालयभित्रको आफ्नो कर्तव्यलाई भन्दा आफूसम्बद्ध पार्टीकोकामलाई प्राथमिकता दिने गरेका छन् । जसले गर्दा विद्यालयमा पठन–पाठन राम्ररी हुन सकेको छैन ।

 

त्यस्ता विविध कारणले गर्दा विद्यालयको स्तर ह्रास भएको र एसएलसीमा कम प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरेका छन् । निजी क्षेत्रको शिक्षण संस्थाको स्तर र सार्वजनिक क्षेत्रको विद्यालयको स्तर तुलना गर्दा त्यो कुरा प्रष्ट देखिन्छ । सरकारी विद्यालयका शिक्षक अनेक तालिम प्रशिक्षण आदि लिएका पनि छन् । तैपनि स्तर खस्कनु दुःखलाग्दो छ ।

 

एकातिर समानताको नारा छ । शिक्षाको स्तर भने असमान हुँदै गएको छ । त्यो देखेर निजी विद्यालय बन्द गर्नुपर्ने नारा पनि कहिलेकाँही लाग्ने गरेको छ । भएको गुणस्तरलाई घटाएर समानता गर्ने कि खस्केको स्तरलाई माथि उठाउने, मुख्य प्रश्न यो हो । अतः शिक्षकले राजनिति गर्न बन्द गर्नुपर्छ र शिक्षा क्षेत्रको गुणस्तरियतामा ध्यान दिन आवश्यक छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top