सहकारीले उत्पादकत्व क्षेत्रमा लगानी बढाउनुपर्छ

सिन्धुली साैगात संवाददाता २०७५ वैशाख २३ गते आइतवार सिन्धुली

 

स्थानीय सरकार र सहकारी ब्यवस्थापन सम्बन्धिको अन्तक्रिया कार्यक्रम शनिवार सिन्धुलीमाढीमा सम्पन्न भएको छ ।

 

कार्यक्रममा बोल्दै सिन्धुली क्षेत्र नम्बर २ का प्रतिनिधी सभा सांसद हरिबोल गजुरेलले अब सहकारीले उत्पादकत्व क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए । सहकारीहरुले स्थानीयलाई बचत गर्ने बानीको विकास गराइसकेको भन्दै अब भने ऋण प्रवाह गर्दा प्रतिफल आउने क्षेत्रमा मात्रै लगानी गर्नुपर्ने बताए ।

 

उनले आफु पनि सहरकारीमा आवद्ध रहेको भन्दै अब एक सहकारी एक घर सदस्य नीति अवलम्बन गर्नुपर्ने बताए । सहकारी क्षेत्रको विकास भएमात्र जिल्लाको समृद्धि हुने भन्दै उनले सहकारी क्षेत्रको विकासकालागि सक्दो सहयोग गर्न तयार रहेको बताए ।

 

कार्यक्रममा सहकारीको माध्यमद्धारा जिल्लाको समृद्धिका लागि विभिन्न छलफलसमेत भएको छ । जिल्लाका विभिन्न सहकारीमा आवद्ध सहकारीकर्मीहरु समूहमा विभाजीत भइ सहकारी क्षेत्रको विकासकालागि संभावित सुझाव समेत सांसद तथा जनप्रतिनिधीलाई बुझाएका थिए ।

 

कार्यक्रममा उपस्थित प्रदेश सांसदहरु वसन्त माझी, राजन दाहाल, बिनोद खड्का, विजुला बर्मा र तीनपाटन र गोलञ्जोर गाँउपालिका बाहेयकका अन्य स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले सहकारीकर्मीहरुले दिएका सुझावलाई सकरात्मकरुपमा लिएका छन् ।

 

कार्यक्रममा जिल्लाका सहकारीको वित्तिय तथ्यांकसमेत सार्वजनिक गरिएको छ । जिल्लामा ५ सय ९ सहकारीमा १ अर्ब ११ करोड शेयर पुँजी, ९ अर्ब ८२ करोड बचत र १० अर्ब भन्दा बढी लागनी रहेको तथ्यांक सार्वजनीक गरिएको हो ।

 

जिल्ला सहकारी सञ्जालको आयोजनामा भएको कार्यक्रममा जिल्ला समन्व समितीका सभापति शंकरबर्मा तिवारी लगायतको उपस्थिती रहेको थियो ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top