सिन्धुली उद्योग वाणिज्य संघ निर्वाचन कार्यक्रम प्रकाशित

सिन्धुली साैगात संवाददाता २०७५ वैशाख २३ गते आइतवार सिन्धुली

 

सिन्धुली उद्योग वाणिज्य संघ निर्वाचन समितिले शनिबार एक बैठक बसी निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।

 

निर्वाचन समितिका संयोजक तथा जिल्ला निर्वाचन कार्यालय सिन्धुलीका निर्वाचन अधिकृत रमेश कुमार जोशीको संयोजकत्वमा बसेको बैठकले आगामी जेष्ठ ४ गते हुने संघको कार्यसमितिको निर्वाचनका लािग कार्यसमितिले वैशाख १० गतेको बैठकबाट प्रस्तावित कार्यतालिका अनुमोदन गरेको जानकारी दिएको छ ।

 

 

निर्वाचन तालिका बमोजिम संघका साधारण सदस्य, आजिवन सदस्य, शाखा सदस्य र वस्तुगत सदस्यहरुको मतदात नामावली संघको सूचना पाटीमा आज (आइतबार) टाँस गरिने पनि बताइएको छ ।

 

कार्यतालिका अनुसार बैशाख २४ र २५ गते अनुसार मतदात नामावलीको दाबि बिरोध । बैशाख २६ गते दाबि बिरोध उपर छानबिन गरि निर्णय गर्ने । बैशाख २६ गते अन्तिम नामावलि प्रकाशन र दिउसो ४ः१५ देखी ५ः००बजे सम्म मनोनयनपत्र खरिद ।

 

बैशाख २७ गते दिउसो १०ः०० देखी २ः०० बजे सम्म मनोनयन दर्ता रदिउसो ३ः००देखी ४ः०० बजे सम्म मनोनयन दर्ता भएको सुचि प्रकाशन र ४ः१५ देखी ५ः ०० बजे सम्म उम्बेदवारको दावी बिरोधको उजुरी दिने ।

 

बैशाख २८ गते दिउसो ८ः०० देखी १०ः०० बजे सम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरि निर्णय गर्ने,१०ः१५ देखी १२ बो सम्म नामावलि प्रकाशन,१२ः१५ देखी ३ः००बजे सम्म उम्वेदवारले नाम फिर्ता लिने र ३ः१५ देखी ४ः०० बजे सम्म उम्वेदवारका अन्तिम नामावलि प्रकाशन, २८ गते ४ः१५ देखी २९ गते ६ः०० चुनाव चिन्ह प्रकाशनगर्ने निर्वाचन समितिले जानकारी दिएको छ ।

 

समितिले जेष्ठ ४ गते बिहान ८ बजे देखि ४ बजेसम्म चुनाव गर्ने पनि जानकारी दिएको छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top