प्रयोग भएको कण्डमबाट मदिरा बन्ने गरेको खुलासा !

सिन्धुली साैगात संवाददाता २०७५ वैशाख २२ गते शनिवार काठमाडौं

 

 

राजधानीको विभिन्न स्थानबाट बरामद घरेलु मदिरामा कच्चा पदार्थको रूपमा परिवार नियोजनको अस्थाथी साधन कण्डम समेत प्रयोग भएको पाइएको छ ।

 

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले घरेलु मदिरा उत्पादनका लागि जम्मा पारिएको भाँडोभित्रको कच्चा पदार्थमा कण्डम पनि भेटिएको जानकारी दिए ।

 

यसअघि जुत्ता, चप्पल, महिलाले प्रयोग गर्ने भित्री वस्त्र फेला पर्थे भन्दै उहाँले थप्नुभयो, ‘यस पटक एउटा भाँडोमा रहेको कच्चा पदार्थमा अस्थायी साधन कण्डमको पोको नै देखियो ।

 

’राजधानीको बौद्ध, कपन, नयाँबसपार्क, कालिमाटी, स्वयम्भू, कोटेश्वर र बालाजुलगायत विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको २४ हजार लिटर दूषित कच्चा पदार्थ बिहीबार टेकुस्थित प्रहरी परिसरभित्र खाल्डोमा पोखेर नष्ट गरिएको छ ।

 

बरामद मदिराको बजार मूल्य करिब ३० लाख रुपियाँ रहेको परिसर प्रमुख पोखरेलले बताउनुभयो । घरेलु मदिरामा यस्ता घातक र दूषित वस्तु प्रयोग हुने भएकाले घरेलु हिंसा बढेको प्रहरकिो दाबी छ । शुद्धताको अभाव र वैज्ञानिक परीक्षण नै नगरिएको मदिरा मानव स्वास्थ्यका लागि घातक हुने पनि जनाइएको छ । गोरखापत्रबाट

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top