पत्नीले यातना दिएको भन्दै प्रहरीको शरणमा

सिन्धुली साैगात संवाददाता २०७५ वैशाख २२ गते शनिवार काठमाडौं

 

 

 

भारतको उत्तर प्रदेश राज्यमा श्रीमतीले यातना दिएको भन्दै एक पुरुष प्रहरीको शरणमा पुगेका छन् । आफुलाई यातना दिएकी पत्नीलाई कारबाही गरिदिन आग्रह गर्दै उनी ग्रेटर नोएडा क्षेत्रको दनकौर प्रहरी चौकीमा पुगेका हुन् ।

 

तीन वर्ष अघि ती महिलासँग विवाह गरेको र बिहे गरेर ल्याएदेखि नै पत्नीले कपडा धुन, खाना बनाउन र कुचो लगाउनेसहितका सारा काम पत्नीले आफूलाई लगाएर नोकर बनाएको उनले उजुरीमा उल्लेख गरेका छन् ।

 

पत्नीले आफूलाई सताएको कुरा ससुरालीमा बताउँदा आफूमाथि झन् हिंसा भएको दाबी ती पुरुषले गरेका छन् ।

 

उनले ससुरालीमा यस्तो गुनासो गरेपछि पत्नीले घर पनि आफैँलाई पुछ्न लगाएर थप सास्ती दिएको दाबी गरेका छन् । उनले पतिमाथि झुटो मुद्दा लगाएर फसाइदिने धम्की समेत दिएकी थिइन् ।

घर

को काम गर्नुपरेपछि कार्यालयमा जान ढिलो हुँदा जागिर पनि गुमाउनुपरेको गुनासो उनले प्रहरीसँग गरेका छन् ।

 

पत्नीको हिंसाबाट आजित भएका उनले मंगलवार अबेर साँझ पत्नीमाथि कारबाहीको माग गर्दै पुलिसमा उजुरी दिएका हुन् । पुलिसले पीडितको उजुरी दर्ता भएपछि घटनाबारे अनुसन्धान थालिएको जानकारी दिएको छ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top