यातायात व्यवसायीको बन्द फिर्ता

सिन्धुली साैगात संवाददाता २०७५ वैशाख २२ गते शनिवार काठमाडौं

 

सिन्डिकेट यथावत हुनुपर्ने माग राख्दै यातायात बन्दको घोषणा गरेको यातायात व्यवसायी महासंघ त्यसबाट पछि हटेको छ । उसले वार्ता र संवादमार्फत समस्याको स्थायी समाधान खोज्न सरकारसँग आग्रहसमेत गरेको छ ।

 

यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मूल समितिका संयोजक योगेन्द्रनाथ कर्माचार्यले एक विज्ञप्ति जारी गर्दै बन्द कार्यक्रम फिर्ता भएको घोषणा गरेका हुन् ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top