विपि यातायात सेवा समितिका अध्यक्ष बल पक्राउ

सिन्धुली साैगात संवाददाता २०७५ वैशाख २१ गते शुक्रवार सिन्धुली

 

सिण्डिकेट खारेजको विरोधमा यातायात पूर्ण रुपमा ठप्प पारेको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीले  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको बसतर्फको केन्द्रीय संयोजक तथा विपि यातायात सेवा समितिका अध्यक्ष कान्छामान बललाई पक्राउ गरेको छ ।

 

सिन्डिकेट खारेजको विरुद्धमा सिन्धुलीमा विपि यातायात सेवा समितिले पूर्ण रुपमा सेवा ठप्प पारेपछि प्रहरीले समितिका अध्यक्ष बललाई पक्राउ गरेको जनाएको छ ।

 

सरकारले गाडी नचलाउने यातायात व्यवसायीलाई कार्वाही गर्न दिएको निर्देशन अनुसार विपि यातायात सेवा समिति सिन्धुलीका अध्यक्ष बललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरि नायव उपरिक्षक विनोद शर्माले बताए ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top