महिला उद्यमी संघ सिन्धुलीको अध्यक्षमा श्रेष्ठ

सिन्धुली साैगात संवाददाता २०७५ वैशाख २१ गते शुक्रवार सिन्धुली

 

सिन्धुली जिल्लाका महिला उद्यमीहरु संगठित भएका छन् । सिन्धुलीमाढीमा विहिवार एक कार्यक्रमको आयोजना गर्दै जिल्लाका महिला उद्यमीहरु संगठित भएका हुन् ।

 

संगठित महिला उद्यमीहरुको नेतृत्व भने सफल चुलो व्यवसायी निरु श्रेष्ठलाई दिइएको छ । त्यस्तै उपाध्यक्षमा सुकुमाया तामाड, सचिवमा मेनुका तिमल्सिना, सहसचिवमा विमला काफ्ले, कोषाध्यक्षमा राजमाया रायमाझी, सहकोषाध्यक्षमा राधा खड्का चयन भएका छन् ।

 

यस्तै संघको कार्यसमिती सदस्यहरुमा अप्सरा कार्की, विमला थापा, गिता श्रेष्ठ, जानुका रमौली, ज्ञानुकुमारी कार्कीलगायत १३ सदस्य कार्यसमिती चयन गरिएको जनाएको छ ।

 

फिन चर्ज एड र सहकार्य नेपाल सिन्धुलीको साझेदारीमा सञ्चालन भइरहेको जीविकोपार्जन परियोजना अन्तरगत महिला उद्यमी संघ गठन गरिएको जनाएको छ ।

 

परियोजनाका संयोजक काशिनाथ नेपालको अध्यक्षता तथा महिला उद्यमी महासंघका केन्द्रिय सदस्य लक्ष्मी खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कमलामाई नगरपालिकामा विभिन्न उद्योम तथा व्यवसाय गरिरहेका महिला उद्यमीहरुको उपस्थिती रहेको थियो ।

 

कार्यक्रममा बोल्दै महासंघकी केन्द्रिय सदस्य खनालले जिल्लाका महिला उद्यमिहरु यसरी संगठित हुनु राम्रो विषय भएको भन्दै उनले महिला उद्योमीहरुको हक अधिकारका लागि महासंघले निरञ्तररुपमा काम गरिरहेको बताइन् ।

 

यस्तै नवनिर्वाचित अध्यक्ष श्रेष्ठले पनि जिल्लाका महिला उद्यमीहरुको क्षमता अभिवृद्धि तथा हकहितका लागि काम गर्ने बताइन् ।

 

यसैविच जीविकोपार्जन परियोजना अन्तरगत जिल्लाका अन्य विभिन्न स्थानमा पनि महिला उद्यमी समुह गठन गरिएको जनाएको छ । यस परियोजना अन्तरगत जिल्लाको साविकका गाविसहरु रानिचुरी, बेलघारी, भिमस्थान, सिर्थाैली, दुधौलीलगायतका स्थानमा कार्यक्रम सञ्चालन भइरहेको जनाएको छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top