श्रीमानको कुटाइबाट नगरपालिका उपप्रमुख गम्भीर घाइते

सिन्धुली साैगात संवाददाता २०७५ वैशाख १९ गते बुधवार ललितपुर

 

श्रीमानको कुटाइबाट गोदावरी नगरपालिका उपप्रमुख मुना अधिकारी गम्भीर घाइते भएकी छिन । हिजो राती श्रीमान ध्रुब कुँवरले कुटपिट गरेका थिए ।

 

घरायसी काममा विवाद भएपछि उनको श्रीमान् कुँवरले कुटपिट गरेको स्थानीयले बताएका छन । आँखामा गम्भीर चोट लागेकी मुनाको शरीरभरि निलडाम देखिएको प्रहरीले जनाएको छ । उपप्रमुख अधिकारी कुट्ने कुँवरलाइ बाँडेगाउँ प्रहरीले पक्राउ गरेर महानगरीय प्रहरी बृत सातदोबाटो राखिएको प्रहरी निरीक्षक सुन्दर चौलागाईले लाई बताए ।

 

कुटाइबाट घाइते अधिकारीलाई उपचार गरिदै छ । स्थानीय निर्वाचनमा गोदावरी नगरपालिकामा नेपाली काग्रेसबाट उपप्रमुख बनेर अधिकारिले चुनाव जितेकी हुन । जनप्रतिनिधि बनिसकेकी श्रीमतीलाई मरनासन्न हुनेगरी कुट्ने श्रीमान कुँवरलाइ हदै सम्मको कारवाही हुन सक्ने प्रहरीको बनाइ छ । अहिले अनुसन्धान चलिरहेको प्रहरीले जनायो ।

 

स्थानीय स्तरमा हुने झैझगडा, मुद्दा मिलाउन गठन गरिने न्यायिक समितीको संयोजक रहने उपप्रमुख आफै घरेलु हिंसाको शिकार बनेकी हुन ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top