श्रमिकको अधिकारका लागि नीति निर्माण गर्नुपर्छ : सांसद खड्का

सिन्धुली साैगात संवाददाता २०७५ वैशाख १९ गते बुधवार सिन्धुली

 

१ सय २९ औँ अन्तराष्ट्रिय श्रमिक दिवस मंगलवार सिन्धुलीमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । ‘सुदृढ लोकतन्त्र र समृद्ध श्रमजीवि वर्गको हक अधिकार सुनिश्चित गरौँ’ भन्ने मुल नाराका साथ अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ ।

 

क्युपेक नेपालको आयोजनामा भएको कार्यक्रममा जिल्लाकम श्रमिकहरुको अवस्था र हकका बारेमा छलफल भएको थियो ।

 

 

कार्यक्रममा बोल्दै सिन्धुली क्षेत्र नम्बर १ को प्रदेश ‘क’ का सांसद विनोदकुमार खड्काले मजदुरको सेवा सुविधाको व्यवस्थाका लागि राज्यले उचित ढंगले नीति निर्माण गर्नुपर्नेमा जोड दिए । श्रम अनुसारको ज्याला अझै पनि श्रमिकहरुले पाउन नसकेको भन्दै उनले अब मजदुरहरुको विमा गर्ने व्यवस्था मिलाउनु पर्ने बताए ।

 

उनले जोमिख पूर्ण काममा संलग्न मजदुरहरुलाई मालिकले विशेष सुविधाको पनि व्यवस्था गर्नुपर्ने औँलाए । उनले विभिन्न प्रकारका श्रम गर्ने श्रमिकहरु आफै आफ्नो अधिकारका लागि संगठित भई आवाज उठाउनु पर्ने उल्लेख गरे ।

 

कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले मजदुरहरुले काम अनुसारको ज्याला नपाउनु दुःखद भएको भन्दै मजदुरहरुको योग्यता र क्षमता अनुसारका सेवा सुविधा दिनुपर्ने बताए । उनले मजदुरको अधिकारका पक्षमा कमलामाई नगरपालिकाकाले सदैव काम गर्ने समेत प्रतिवद्धता व्यक्त गरे ।

 

उनले कमलामाई नगरपालिका क्षेत्रमा रहेका मजदुर वर्गका लागि तालिम तथा रोजगारीका लागि पहल गर्ने र काम गर्ने क्रममा मूत्यु भएका वा अंगभंग भएकाहरुलाई आर्थिक सहायता उपलब्ध गराउने आश्वासन दिए ।

 

क्युपेक नेपालका अध्यक्ष कर्णबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा सरोवारवाला निकायका प्रमुख तथा प्रतिनिधी, जिल्लामा विभिन्न क्षेत्रमा मजदुरी गरिएका श्रमिक, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी, समाजसेवि, वुद्धिजीवि, सञ्चारकर्मीलगायतको उपस्थिती रहेको थियो ।

 

यसैविच दिवसका अवसरमा मंगलवार विहान प्रभत फेरीको समेत आयोजना गरिएको थियो । क्युपेक नेपालकै आयोजनामा भएको कार्यक्रममा विभिन्न नारा सहित माढीबजारको परिक्रमा गर्दै सभागृहमा आएर टुंगिएको थियो ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top