दुधौलीमा बेसार पकेट क्षेत्र कार्यक्रम सञ्चालन

सिन्धुली साैगात संवाददाता २०७५ वैशाख १९ गते बुधवार सिन्धुली

 

 

सिन्धुलीको दुधौली नगरपालिका ९ मा गरिबी निबारण कोषको आर्थिक सहयोगमा बेसार पकेट क्षेत्र कार्यक्रम सञ्चालन भएको छ ।

 

गरिबी निबारण कोष र दुधौली नगरपालिकाको आर्थिक सहयोगमा बेसार पकेट क्षेत्र कार्यक्रम सञ्चालन भएको हो ।

 

उक्त वडामा गरिबी निबारण कार्यक्रम अन्तर्गत गठन भएका १५ वटा सामुदायिक संस्थाहरु आबद्ध रहेको दुधौली ग्रामीण सामुदायिक उपभोक्ता सहकारी संस्थासंग सम्झौता गरि बेसार पकेट क्षेत्र सञ्चालन गरिएको हो ।

 

उक्त कार्यक्रमबाट ४७९ घर धुरी लाभान्वित भएका सहयोगी संस्था ग्रामीण विकास समाज सिन्धुलीले जनाएको छ । उक्त संस्थाका अनुसार बेसार पकेट क्षेत्र सञ्चालनका लागि गरिबी निबारण कोषले २४ लाख ९९ हजार रुपैया र दुधौली नगरपालिकाले तीन लाख रुपैया अनुदान सहयोग गरेका छन् ।

 

हाल वेसार प्रसोधन गर्ने भवन निर्माण गरि सम्पुर्ण मेसिन जडान गरि वेसार संकलन गर्ने काम भई रहेको उक्त संस्थाका सुपरभाईजर लिलानाथ अधिकारीले जानकारी दिए ।

 

उना अनुसार अहिले वेसार उत्पादनको क्रममा सहकारी रहेको छ । यस कार्यक्रमलाई सरोकारवालाले ध्यान दिन सकेमा सिन्धुली जिल्ला वेसार पकेट क्षेत्र कार्यक्रमको नमुना जिल्ला वन्न सक्ने उनको भनाई छ ।

 

बजारमा किन्न पाईने बेसामा विभिन्न मिसावट पाईएको गुनासो आई रहेको बेलामा बिशुद्ध अर्गानिक बेसार उपभोक्ता माझ पुर्‍याउने उद्देश्य रहेको उक्त सहकारीले जनाएको छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top