दुधौली र तीनपाटनमा साँढे बाह्र करोड भन्दा बढी लगानी

सिन्धुली साैगात संवाददाता २०७५ वैशाख १७ गते सोमवार सिन्धुली

 

सिन्धुली जिल्लाको दुधौली नगरपालिका र तीनपाटन गाँउपालिकामा भौतिक पूर्वाधारका योजना निर्माण तथा आय आर्जनका काम सञ्चालन गर्न गरिबी निबारण कोषले १२ करोड ६१ लाख तीन हजार तीन सय रुपैया उपलब्ध गराएको छ ।

 

स्थानीय सहयोगी संस्था ग्रामीण विकास समाजको सहजीकरणमा भौतिक पूर्वाधारका योजना निर्माण तथा आय आर्जनका काम सञ्चालन गर्न दुधौली नगरपालिकाको वडा नं. ६,७,८,९,१० र ११ तथा तीनपाटन गाँउपालिकाको १,२,३ र ६ मा गठन भएका १५९ वटा सामुदायिक संस्थालाई उक्त रकम उपलब्ध गराईएको हो ।

 

दुधौली नगरपालिका र तीनपाटन गाँउपालिकाका विभिन्न वडामा ५५ वटा भौतिक पूर्वाधारका योजना सम्पन्न भएको छ । खानेपानी, सिंचाई, कजवे, ईनार, सडक लगायतका यि योजना सम्पन्न गर्न गरिबी निबारण कोषले पाँच करोड १८ लाख १० हजार ८२५ रुपैया लगानी गरेको छ भने स्थानीय समुदायले एक करोड १६ लाख ८१ हजार ३८१ रुपैया बराबरको जनश्रमदान गरेको छन् । यि योजनाबाट तीन हजार ६२० घर परिवार लभान्वित भएका उक्त संस्थाका सुपरभाईजर लिलानाथ अधिकारीले जानकारी दिए ।

 

स्थानीय स्तरमा गठन भएका सामुदायिक संस्था मार्फत यि योजना सम्पन्न भएको पनि उहाँको भनाई छ । उहाँका कार्यक्रम सुरु भएदेखि विभिन्न मितिमा यि योजना निर्माण भएको हो । त्यस्तै यि वडामा १५९ वटा सामुदायिक संस्था गठन भई आयआर्जनका गतिविधि सञ्चालन भई रहेको छ ।

 

यि सामुदायिक संस्थालाई आय आजर्नका काम सञ्चालन गर्न गरिबी निबारण कोषले सात करोड १७ लाख ९३ हजार ४७५ रुपैया घुम्ति कोष स्वरुप उपलब्ध गराएको सुपरभाईजर अधिकारीले जानकारी दिए । आय आर्जनको क्रियाकलापबाट यि सामुदायिक संस्थामा आवद्ध चार हजार एक सदस्यहरु लाभान्वित भएका छन् ।

 

सामुदायिक संस्थाका सदस्यहरुले १२ प्रतिशत व्याज दरमा ऋण लिएर बाख्रा पालन, भैसि पालन, कुखुरा पालन, साना व्यवसाय लगायतका आय आर्जनका काम सञ्चालन गरेको ग्रामीण विकास समाजले जनाएको छ ।

 

त्यस्तै दुधौली नगरपालिका ९ मा पकेट क्षेत्र कार्यक्रम अन्तर्गत २७ लाख ९९ हजार रुपैयाको लगानीमा बेसार प्रशोधन उद्योग सञ्चालनमा ल्यार्ईएको छ । गरिबी निबारण कोषको २४ लाख ९९ हजार र दुधौली नगरपालिकाको तीन लाख रुपैया अनुदानमा उक्त उद्योग सञ्चालनमा ल्याईएको हो ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top