सिन्धुलीको गोलान्जोर अजै पनि अन्धकारमा

सिन्धुली साैगात संवाददाता २०७५ वैशाख १५ गते शनिवार सिन्धुली

 

गोलान्जोर गाँउपालीका ४ तिनकन्याको नागरीकहरु अझै पनि अन्धकारमा जिवन गुजार्न बाध्य रहेका छन । जिल्लालाई लोडसेडिङ मुक्त जिल्ला घोषणा गरी रहदा जिल्ला सदरमुकाम समेत रहेको कमलामाई नगरपालिका , गोलान्जोर गाउँपालिका को कार्यालय समेत रहेको भुवनेस्वरी र यता तिनपाटन गाँउपालीकासंग समेत सम्बन्ध गासेको तिनकन्यामा एैलेसम्म बिजुली बल्न सकेको छैन । चारै सिमाना मा उज्यालो बत्ति बल्दा अजै पनि तिनकन्याको नागरीकहरु अन्योलमा रहेको छन् ।

 

करिब ९ सय घरधुरी रहेको तिनकन्यामा हाल सम्म गाउँकै सक्रियतामा १ सय पचास घरधुरीले स्थानिय लघुजलबिद्युत उत्पादन गरेर बत्ति बालेको छन भने । ७ सय पचास घर धुरी बिजुलीबाट बञ्चित हुनु परेको छ । गाउमै उत्पादन गरेको बिजुलीको पनि भर पर्दो नरहेको उपभोक्ताले गुनासो गर्ने गरेका छन । रातमा मात्र हुने र गाउमा कुनै बिहे भोज हुदा सम्म उज्यालोको साथै रमाईलो गर्न लाई समेत समस्या रहेको गुनासो स्थानिय बासिको रहेको छ ।

 

यस्तै स्थानिय तहको वडाकार्यलयमा बिद्युत सेवा नहुदा सरकारीकाम काजमा समेत बाधा पुगेको वडा कार्यालयले जनाएको छ । विद्युतको अभाबमा वडा कार्यालयले प्रदान गर्ने सेवामा समस्या भएको गोलान्जोर गाँउपालिका वडा नम्बर ४ का वडा सचिव दान बहादुर थापाले बताए ।

 

गाउँपालिकाले १५० वार्ड को दुईवटा गरी जम्मा ३०० सय वार्डको सोलार उपलब्ध गराए पनि विद्युतले जस्तो काम नगर्ने र बेला बेलामा घाम नलाग्ने कारणले काममा अबरोध आएको वडा कार्यलयले जनाएको छ ।

 

यता गोलान्जोर गाउपालिका अध्यक्ष पुष्प बहादुर कार्कीले भने अबको मंसिर पुस भित्रमा सबै वडाहरुमा बिजुली बत्ती बल्ने दाबि गरेको छन् ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top