सिन्धुलीमा भूकम्प पछिको पुनःनिर्माणले तिव्रता लियो

सिन्धुली साैगात संवाददाता २०७५ वैशाख १० गते सोमवार सिन्धुली

 

सिन्धुलीमा भूकम्प पछिको पुनःनिर्माणले तिव्रता लिएको छ । जिल्लामा अहिले भूकम्पका कारण क्षति भएका १८ हजारभन्दा बढी घर निर्माणको चरणमा रहेका छन् । हालसम्म भूकम्पले भत्किएका १८ हजार ४ सय ७६ घरको पुनःनिर्माण सुरु भएको जिल्ला समन्वय समिती पुनःनिर्माण प्राधिकरणको सचिवालय सिन्धुलीले जनाएको छ ।

 

पछिल्लो समय जिल्लाको पूनःनिर्माण तीव्ररुपमा अघि बढेको पुर्ननिर्माण प्राधिकरणको सचिवालय प्रमुख बासुप्रसाद घुमागाईले बताए । अहिले भूकम्प प्रभावितहरुले धमाधम घर बनाउन सुरु गरेको उनको भनाई छ ।

 

यस्तै जिल्लाका १६ हजार ८ सय ६ लाभग्राहीले दोस्रो किस्ता बापतको अनुदान समेत लिइसकेको उनले बताए । त्यस्तै जिल्लामा हालसम्म ३ हजार ३ सय २१ घरको पूर्ननिर्माण सम्पन्न भएको सचिवालय प्रमुख हुमागाईले जानकारी दिए ।

 

त्यस्तै दोस्रो किस्ता लिइ काम सम्पन्न गरिसकेका प्रभावित मध्ये २ हजार ९ सय ४९ जनाले तेस्रो किस्ता वापतको अनुदान लिइसकेको उनले बताए ।

 

भूकम्पका कारण जिल्लाको ३४ हजार ९ सय ८८ भूकम्प पीडित लाभग्राहि सूचीमा परेका थिए । जसमा ३२ हजार ९ लाभग्राहीले पहिलो किस्ता लिएका छन् ।

 

दुई हजार घरको प्रवलिकरण हुँदै

 

सिन्धुली जिल्लाका आंशिक्ष क्षतीमा परेका घरको प्रवलिकरण हँदै छन् । जिल्लाका दुई हजार चार सय आठ घरको प्रवलिकरण हुने जिल्ला समन्वय समितीको सचिवालयले जनाएको छ ।

 

भूकम्पबाट क्षतिग्रस्त घरको प्रबलीकरणका लागि विशेष अभियान संचालन गर्ने प्राधिकरणको भनाई छ ।

 

पुनःनिर्माणको कामले गति लिइरहे पनि प्रबलीकरणमा खासै प्रगति हुन नसकेको निश्कर्ष निकाल्दै प्राधिकरणले सामान्य क्षति पुगेको तर बस्न मिल्ने घरलाई मर्मत गरेर भूकम्प प्रतिरोधी बनाउने अभियान संचालन गर्ने निर्णय गरेको हो ।

 

प्राधिकरणका अनुसार भूकम्प प्रभावित १४ वटै जिल्लामा प्रवलिकरण गर्ने तयारी रहेको छ । यसबाहेक विभिन्न ३१ जिल्लामा निजी आवास प्रबलीकरण सूचीमा परेका छन् ।

 

हालसम्म भूकम्प प्रभावित ३२ जिल्लाका २४ हजार ९ सय ९१ निजी घरहरु प्रबलीकरण गर्ने सूचीमा छन् । प्रबलीकरणलाई अगाडि बढाउन विकास साझेदार संस्थाहरू डीएफआईडी, यूएनओपिएस तथा बिल्ड चेञ्जले प्राधिकरणलाई सहयोग गर्ने भएका छन् ।

 

स्थानीय सरकारको सिफारिसमा जोखिमयुक्त बर्गमा परेका लाभग्राहीका घरसमेत प्रबलीकरण गरिने छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top