जिल्ला स्तरिय राष्ट्रपति रनिडशिल्ड प्रतियोगिताको उद्घाटन

सिन्धुली साैगात संवाददाता २०७५ वैशाख ४ गते मंगलवार सिन्धुली

 

 

जिल्ला स्तरिय राष्ट्रपति रनिडशिल्ड प्रतियोगिता सोमवारबाट सुरु भएको छ । प्रतियोगिताको सिन्धुली क्षेत्र नम्बर १ प्रदेश ख का सांसद प्रदिप कटुवालले पानसमा बत्ति बालेर उद्घाटन गरेको हो ।

 

प्रतियोगिताको पहिलो दिन सोमवार विभिन्न खेलहरु सम्पन्न भएको छ । सोमवार भएको पुरुष कर्बडी तर्फ गौमती मावि प्रथम भएको छ । भने जनज्योती मावि द्वितृय र मावि लदाभिर तृतिय भएको छ ।

 

त्यस्तै एथ्लेटिक्स तर्फका खेलमा सय मिटर, २ सय मिटर, ८ सय मिटर र १२ मिटर दौड प्रतियोगिता सम्पन्न भएको छ ।

 

जिल्ला खेलकुद विकास समितीको आयोजनामा भएको प्रतियोगितामा ज्याब्लिङ्ग थ्रो पनि आजै सकिएको छ ।

 

यता पुरुष भलिबल तर्फको पहिलो खेलमा गौमती मावि उत्कृष्ठ खेल प्रदर्शन गर्दै विजयी भएको छ । राम्रो प्रतिस्पर्धीको रुपमा हेरिएको धामी डुमरिया गौमती माविसँगको खेलमा पराजीत भएको छ ।

 

जिल्ला खेलकुद विकास समितीका अध्यक्ष सुर्य पाख्रिनको अध्यक्षतामा भएको उद्घाटन कायर्यक्रममा नेकपा एमालेका उपाध्यक्ष प्रलाद पोखरेल, नेपाली कांग्रेसका उपसभापति खड्गबहादुर वाईवालागयतको उपस्थिती रहेको थियो । बाँकी खेलहरु आज विहान ८ बजेबाट सुरु हुने छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top