नुडल्र्स एण्ड दालमोट केन्द्रको उद्घाटन

सिन्धुली साैगात संवाददाता २०७५ वैशाख २ गते आइतवार सिन्धुली

 

तिनपाटन स्पेशल नुडल्र्स एण्ड दालमोट केन्द्रको शनिबार उद्घाटन गरिएको छ । तिनपाटन गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष हेम बहादुर श्रेष्ठको सभापतित्व तथा वडा नम्बर ३ का वडाध्यक्ष लाल बहादुर स्यागतानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष गोविन्द राहुत, समाजसेवी रामजी सुवेधि, मुकुन्द पौडेल, काशिनाथ दाहाल लगायतले शुभकामना मन्त्व्य राखेका थिए ।

 

कार्यक्रममा स्थानिय व्यापारिहरुको उपस्थिति रहेको थियो । आधुनिक किसिमबाट गुणस्तरीय तथा ताजा चाउमिन उत्पादन बजार वितरण सुरु गरिएको सञ्चालक योगबहादुर मोक्तानले बताए । साथै पानीपुरी तथा आलुचिप्स केहि महिना भित्रै बाट उत्पादन सुरु गरि विक्रि गरिने सञ्चालक मोक्तानले बताए । तिनपाटन गाउँपालिका लगाएत विशेष गरि सिमाना जोडिएको क्षेत्रमा बजार व्यवस्था गरिने जनाएको छ । ताजा समाग्री नजिकै उत्पादन भएकाले व्यपार तथा पसलहरुमा स्थानिय उत्पादनलाई जोड दिनुपर्नेमा कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले बताए ।

 

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top