भुकम्पबाट क्षेतीग्रस्त खानेपानी योजनाको पुनः निर्माण सम्पन्न

सिन्धुली साैगात संवाददाता २०७५ वैशाख २ गते आइतवार केवरे (सिन्धुली)

 

कमलामाई नगरपालिका ४ केवरेस्थित भुकम्पबाट क्षेतीग्रस्त चुनेटार केवरे खानेपानी योजनाको गरिबी निबारण कोषको आर्थिक सहयोगमा पुनः निर्माण कार्य सम्पन्न भएको छ ।

 

शिद्धगणेस सामुदायिक संस्थाद्वारा सञ्चालित उक्त योजनाको पुनः निर्माण कार्यका लागि सहयोगी संस्था सिन्धुलीगढी सेवा प्रतिष्ठानको सहजीकरणमा गरिबी निबारण कोष र सो सामुदायिक संस्था बीच गत असार महिनामा सम्झौता भएको थियो ।

 

सम्झौता अनुसार गरिबी निबारण कोषले उक्त योजना पुनः निर्माणका लागि चार लाख ९१ हजार ६९२ रकम उपलब्ध गराउने छ । सम्झौता बमोजिमको पहिलो किस्ता तीन लाख ९३ हजार ३५३ रुपैया कोषले उपलब्ध गराएपछि खानेपानी योजनाको पुनः निर्माण कार्य सञ्चालन गरि सम्पन्न गरिएको सामुदायिक संस्थाकी अध्यक्ष रमाईनी मुक्तानले जानकारी दिइन् ।

 

उनका अनुसार बाँकी दोस्रो किस्ता रकम ९८ हजार ३३८ रकम निकासा भई आउन बाकी रहेपनि सो रकम बराबरको निर्माण सामग्री उधारोमा खरिद गरि योजना सम्पन्न गरिएको हो । योजनाको पुनः निर्माण सम्पन्नसँगै केवरे, लामीडाँडा र राकसेका गरि ४४ घर परिवार लाभान्वित भएका छन् ।
योजना पुनः निर्माण अन्तर्गत ईन्टेक निर्माण, आरभिटी निर्माण, पाईप लाईन मर्मत तथा बिस्तार लगायतका काम भएको उक्त संस्थाले जानकारी दिएको छ ।

 

उक्त योजना यसअघि २०६६ सालमा गरिबी निबारण कोषको ११ लाख ३८ हजार ७३१ रुपैयाको लागतमा निर्माण गरिएको थियो ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top