नयाँ वर्षको शुरुवात समाजसेवाबाट

सिन्धुली साैगात संवाददाता २०७५ वैशाख १ गते शनिवार सिन्धुली

 

समाजसेवक उज्जवल विक्रम थापाले विसं २०७५ को शुरुवात समाजसेवाबाट गरेका छन् । शनिबार सिन्धुली पुननिर्माण पुनः स्थापना अभियानले गोलन्जोर गाउँपालिका वडा नं ३ निवासी विष्णु दमाईका परिवारलाई लत्ताकपडा, भाडाकुडाँ र खाद्यान्न हस्तान्तरण गरेको हो ।

 

 

 

दमाईका पाँच छोराछोरी मध्य दुई जना छोराहरु दृष्टिविहिन छन् । अभियानका अध्यक्ष थापाले नयाँ वर्ष विष्णु दमाईका परिवारसँग बिताउन पाउँदा खुशी लागेको बताए । उनले भने, ‘अति गरिब र पिडा भोगेको दमाई परिवारलाई सहयोग गर्न जाँदा आँखाबाट आसु रोक्नुपर्ने अवस्था थियो ।’ थापाले केही पल भएपनि तीन छोरी र दृष्टिविहिन छोरासँग हाँसो र मुस्कान बाड्न सकेकोमा अभियानले गर्व महशुश गरेको बताए । उनले आगामी दिनमा दमाई परिवारलाई फेरि सहयोग गर्ने पनि बताए ।

 

 

साथै, थापाले नयाँ वर्षको अवसरमा स्वदेश र विदेशमा बस्ने सम्पुर्ण नेपालीलाई शुभकामना दिएका छन् । उनले भने, ‘यो वर्ष कसैलाई पनि दुख नपरोस् ।’ थापाले आगामी दिनमा पनि पिडामा परेकालाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले सम्पुर्ण दाताहरुलाई हृदयदेखि धन्यवाद दिएका छन् । उनले आगामी दिनमा सेवा गर्ने र सहयोग गर्ने दुवैको संख्या वृद्धि हुनुपर्ने बताए ।

 

 

अभियानले दुरदराज गाउँमा प्राकृतिक प्रकोपमा परेकाहरुलाई सहयोग गर्दै आएको छ । अभियानले प्राकृतिक प्रकोपले पिडित बनाएका, आगलागिमा घर जलेका लगायत युवाहरुलाई लक्षित गर्दै खेलकुद र कलाकारीता क्षेत्रमा सहयोग गरेको छ । अभियानले भुकम्पको बेला सिन्धुली जिल्लामा करोडौँ बराबरको राहत वितरण गरेको थियो ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top