नया बर्षमा १६ देखि २५ वर्ष उमेर समूहका १ सय ६१ जनालाई प्रहरीले समात्यो

सिन्धुली साैगात संवाददाता २०७५ वैशाख १ गते शनिवार काठमाडौं

 

प्रहरीले नयाँ वर्ष मनाउने क्रममा १६ देखि २५ वर्ष उमेर समूहका किशोर तथा युवालाई नियन्त्रणमा लिएको छ। होहल्ला, झगडा र लुटपाट गर्ने १ सय ६१ जनालाई नयाँ वर्षको अवसरमा उश्रृङ्खल गतिविधि गर्नेहरुलाई शुक्रवार राति नियन्त्रणमा  लिएको हो ।

 

उनिहरुलाई काठमाडौँको ठमेल, दरबारमार्ग, जमल, बागबजार, नयाँ बसपार्क क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

 

प्रहरीले नियन्त्रणमा लिएका मध्ये ४ जना युवती पनि छन्। नयाँ वर्षलाई सुरक्षित र शान्त बनाउन प्रहरीले ४ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top