वीपी राजमार्गमा दुई वटा प्रेसरकुकर बम भेटिए, काभ्रेमा विष्फोट

सिन्धुली साैगात संवाददाता २०७५ वैशाख १ गते शनिवार काभ्रे

 

वीपी राजमार्गको चौकीडाँडा नजिकै दुई वटा प्रेसकुकर बम भेटिएका छन्  । त्यसैगारी, शनिवार नमोबुद्ध नगरपालिका ६ मा रहेको ब्लु साइन स्टोन क्रसर उद्योगमा बम विष्फोट भएको छ । आगजनी र विष्फोटबाट करौडौंको क्षति भएको अनुमान गरिएको छ ।

 

चारवटा ट्रिपरमा आगजनी गरिएको छ भने दुईवटा स्काभेटर र एउटा जेसीबी पूर्णरुपमा क्षतिग्रस्त भएको छ । ।  नेपाली सेनाको टोलीले बम निष्कृय पारेको छ । उक्त क्रसर उद्योग कुन्साङ लामाले सञ्चालन गरेका हुन् । लामा नमोबुद्ध नगरपालिकामा काँग्रेसका तर्फबाट मेयरका उम्मेद्वार बनेका थिए ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top