एक लाख बराबरको सहयोग

सिन्धुली साैगात संवाददाता २०७४ चैत २९ गते बिहीवार सिन्धुली

 

सिन्धुली पुन निर्माण पुनस्थापना अभियानले भुतपुर्व सैनिक संगठनको भवन निर्माणका लागि ५० हजार रकम हस्तान्तरण गरेको छ । अभियानका अध्यक्ष उज्जवल विक्रम थापाले उक्त रकम संगठनलाई हस्तान्तरण गरेका हुन् ।

 

 

त्यसैगरि, अभियानले लुंगेलिटार महिला समूहलाई पनि ५० हजार रकम बराबरको कपडा बुन्ने तान सहयोग गरेको छ । अभियानले ढाका कपडा बुनाईको लागि आवश्यक पर्ने १० थान तान हस्तान्तरण गरेको हो ।

 

अभियानका अध्यक्ष थापाले आगामी दिनमा पनि महिला सशक्तिकरणकालागि सहयोग गर्ने बताए । उनले भने, ‘महिलाको आर्थिक विकासकालागि अझै थुप्रो काम गर्न बाँकी छ । आगामी दिनमा अभियानले महिला सशक्तिकरणका लागि विशेष कार्यक्रम गर्ने छ ।’

 

अभियानले जिल्लामा रहेका हरेक उमेर र वर्गका नागरिकलाई सहयोग गर्दै आएको छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top