विचौलियालाई सल्बलाउन नदेऊ

सम्पादकीय २०७४ चैत २९ गते बिहीवार सम्पादकीय

 

सरकारी कार्यालयहरुमा काम छिटो गर्दिने भन्दै विचौलियाहरुले सेवाग्राहीहरुबाट ठुलो रकम असुल्ने गरेका छन् । सरकारी कार्यालयहरुले सेवाग्राहीको काम ढिलासुस्ती गरिदिदा विचौलियाहरु सल्बलाएका छन् । दिनभरि लाग्ने काम छिनमै सकिने भन्दै विचौलियाहरुले सेवाग्राहीबाट मोटो रकम असुल्ने गरेका छन् । भित्रि कर्मचारीहरुसँगको मिलेमत्तोमा यस्ता काम सरकारी कार्यालयहरुमा हुने गरेको छ । केहि कर्मचारीहरुको लापर्वाही एवं भ्रष्टाचारी सोचले गर्दा सरकारी कार्यालयप्रति सेवाग्राहीको विश्वास घटेको छ । सानो कामकालागि पनि कार्यालयहरुले दिनभरि झुलाइदिदाँ सर्वसाधरण पनि विचौलियालाई पैसा दिन बाध्य बनेका छन् । विशेषगरि, विचौलियाहरुसँग सरकारी कर्मचारीहरुको मिलेमत्तो हुने हुदाँ सम्बन्धित निकायले विचौलियाको मार्फत त्यस्ता भ्रष्टाचारी कर्मचारीहरुलाई कार्वाही गर्नुपर्छ । केहि भ्रष्टाचारी कर्मचारीकै कारण सम्पुर्ण निजामति कर्मचारीहरु अपमानित हुनु परेको अवस्थामा सम्बन्धित निकायले कडाईका साथ अनुगमन गर्न आवश्यक छ ।

 

सरकारी कार्यालयमा सुधार ल्याउने प्रयास सहित कास्कीका सबै सरकारी कार्यालयमा नयाँ नियम लगाइएको छ । सरकारी कार्यालयमा बिचौलियामात्रै होइन अबदेखि लेखापढी व्यवसायीसमेत छिर्न नपाउने भएका छन् । उक्त निर्णयप्रति सेवाग्राहीहरु खुशी भएका छन् । त्यसैले पनि नयाँ नियम लागु गरेर विचौलियाहरुलाई होत्साहित गर्न सम्बन्धित निकाय लाग्नुपर्छ । त्यसैगरि, देशभरका सरकारी कार्यालयहरुमा यस्ता नियम ल्याएर कार्यालयले दिने सेवा र सुविधा चुस्त–दुरुस्त बनाउनुपर्छ । अतः विचौलियाहरुलाई सल्बलाउन नदिन र सेवाग्राहीलाई व्यवस्थित तरिकाले सेवा र सुविधा दिन सरकारी कार्यालयहरु अग्रसर हुनुपर्दछ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top