होटल व्यवसायी संघ सिन्धुलीको अध्यक्षमा श्रेष्ठ

सिन्धुली साैगात संवाददाता २०७४ चैत २९ गते बिहीवार सिन्धुली

 

होटल व्यवसायी संघ सिन्धुलीको अध्यक्षमा अमृत बहादुर श्रेष्ठ चयन भएका छन । वरिष्ठ उपाध्यक्ष खेटराज थापा, उपाध्यक्षमा रामहरि देवकोटा, महासचिवमा सिताराम पहाडी, सचिवमा चन्द्रदेव श्रेष्ठ, कोषाध्यक्षमा विजय कुमार बस्नेत, सह कोषाध्यक्ष चुल बहादुर पुलामी, सदस्यहरुमा राजेश विक्रम बस्नेत, शेरबहादुर देवकोटा, रामचन्द्र कार्कि, धु्रव बहादुर पाण्डे, महिला सदस्यमा रेणुका श्रेष्ठ र रेखादेवी शाह रहेका छन ।

 

 

त्यस्तै २ जना मनोनित भएका छन् । बुधवारनैै बसेको नयाँ कार्यसमितिको बैठकले लालमान तामाङ र महेश भुसाललाई मनोनित गरेको छ ।

 

आठौँ बार्षिक साधारणसभा तथा चौथो जिल्ला अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । मंगलवार नयाँ कार्यसमिती चयन गरिने भएपनि बुधवार मात्रै नयाँ कार्यसमिती चयन भएको हो ।

 

मंगलवार नयाँ कार्यसमितीका लागि गणपुरक संख्या कम भएकाले बुधवारकार्यसमितीको बैठक बसी नयाँ कार्यसमिती चयन गरिएको होटल व्यवसायी संघ सिन्धुलीका निवर्तमान अध्यक्ष बद्रीबहादुर कार्कीले बताए ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top