ठगी गर्नेलाई कार्वाही गर

सम्पादकीय २०७४ चैत २७ गते मंगलवार सम्पादकीय

 

दिनहुँ वैदेशिक रोजगारका लागि हजारौँको संख्यामा नेपालीहरु विदेशिने गर्दछन् । देशको अर्थतन्त्रमा ठुलो हिस्सा रिमट्यान्सले ओघटेको छ । तर, वैदेशिक रोजगारको शिलशिलामा धेरै सर्वसाधरणहरु ठगिएका छन् । देशमा रोजगारको अवस्था नभएपछि विदेशिनु पर्ने नेपालीहरुको बाध्यता हो । तर, वैदेशिक रोजगारकालागि नेपालीहरु सुरक्षित छैनन् । दिनहुँ जसो अन्तर्राष्ट्रिय एयरपोर्टमा लाशको बाकस आउने गरेको छ । नेपाली चेलिबेटिहरुले विदेशमा थुप्रै समस्याको सामना गर्नुपरिरहेको छ । रोजगारको लागि उड्नु अघि म्यानपावरले नेपालमै ठग्ने र विदेश पुगिसकेपछि पनि नराम्रो काम पाउने गरेको गुनासो बढ्दो छ । सरकारी स्तरबाट भने यो समस्याको समाधान गर्न कुनै पहल सुरु भएको देखिदैँन । तर, श्रम मन्त्रालयमा गोकर्ण विष्ट आएसँगै वैदेशिक रोजगारमा देखिएको समस्याहरुलाई समाधान गर्ने आश धेरैले गरेका छन् । विगतमा मन्त्री हुँदा उनले थुप्रै सुधारहरु ल्याएका थिए । उनलाई सफल मन्त्रीका रुपमा पनि लिने गरिन्छ । त्यसैले पनि मन्त्री विष्टले यस क्षेत्रमा देखिएको बिकृति विसंगतिलाई अन्त्य गर्न विशेष भुमिका खेल्न आवश्यक छ ।

 

म्यानपावरहरुको दादागिरी तथा लुट बाट सर्वसाधरण आजित भईसकेका छन् । तर, सरकारी निकायबाट भने मनपरि गर्ने म्यानपावरलाई कुनै कार्वाही भएको छैन । तसर्थ, आगामी दिनमा वैदेशिक रोजगारका लागि विदेशिएका नेपालीहरुले दुख नपाउन भनेर सरकारले महत्वपुर्ण कदम चाल्न आवश्यक छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top