उडुसले टोकेकोमा १६ करोड क्षतिपूर्ति

सिन्धुली साैगात संवाददाता २०७४ चैत २६ गते सोमवार काठमाडौं

 

 

अमेरिकी राज्य क्यालिफोर्नियको एक परिवारलाई उनीहरुको छोरालाई उडुसले टोकेर स्थायी रुपमा तर्सने बनेको भन्दै १६ लाख डलर (करिव १६ करोड रुपैयाँ) डलर क्षतिपूर्ति दिलाएको छ ।

 

द न्यूयोर्क टाइम्सले सिभिल जुरीले उडुसले टोकेको मुद्दामा यतिका धेरै क्षतिपूर्ति एउटै परिवारलाई दिलाएको अमेरिकामै पहिलो पटक भएको दावी वकिलले गरेको जनाएको छ ।

 

घट्ना २०१२ को हो । ३४ बर्षीया लिलना मर्टिनेज्को परिवार क्यालिफोर्नियको इङ्लेउड भन्ने स्थानको एक अपार्टमेन्टमा बस्न पुगेका थिए । तिनीहरुको ३ वर्षीय छोरा जर्ज मार्भिल्लको अनुहारसहित शरिरका विभिन्न भागमा रातो दाग देखा पर्यो । अस्पतालमा जचाउन जाँदा त्यो उडुसले टोकेर भएको बताइयो ।

 

जव मैले त्यो देखें म डराएँ, यसअघि मैले त्यस्तो चिज देखेकै थिइनु लिलना मर्टिनेज्ले भनेकी छन् । उनीहरुले तीन महिनाकी छोरीलाई पनि उडुसले टोकेको बताएकी छिन् ।

 

उनीहरुले बारम्बार अपार्टमेन्ट व्यवस्थापनलाई भन्दा पनि समस्याको स्थायी समाधान नभएको र दुई वर्षपछि उक्त स्थान छाडेको बताइएको छ । यही मुद्दामा सिभिल जुरीले अमुस्मेन्ट सिक्स अपार्टमेन्टलाई उक्त क्षतिपूर्ति तिर्न आदेश दिएको हो ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top