धर्मको नाममा हिंसा नहोस्

सम्पादकीय २०७४ चैत २६ गते सोमवार सम्पादकीय

 

नेपाल धर्मनिरपेक्ष देश हो । यहाँ थुप्रै धर्मको मानिसहरुको बसोबास छ । विगतमा धर्मको नाममा देशमा हिंस्रक घट्नाहरु नभएपनि अहिले भने धर्मको विषयमा आन्तरिक झगडा बढिरहेको छ । समाजमा हरेक धर्मका मानिसहरुको बसोबास भएपनि मिलेर बस्ने नेपाली जनताहरुलाई धर्मको नाममा झगडा सिर्जना गरेर समाजको भाइचारालाई भड्काउने काम भइरहेको छ । विशेषगरि, १० वर्षे जनयुद्धपछि धर्मको नाममा विकृति भित्रिएको छ । समाजमा धर्मको विषयलाई लिएर ठुलो विवाद सिर्जना भईरहेको छ । बिराटनरगमा धर्मगुरुमाथि गोली प्रहार हुनुले पनि धर्मको विषयमा आगामी दिनमा देशमा अराजकता मच्चिने देखिन्छ । त्यसैले, धर्मको नाममा हिंसा हुन नदिन सबै धर्ममा लागेका तथा सम्बन्धित निकायहरुबाट आवश्यक कदम चाल्न आवश्यक छ ।

 

हिन्दु मन्दिरमा अरु धर्मका किताब राखिनु, एकले अर्को धर्मलाई नराम्रो भन्नु तथा धर्मकै नाममा हत्याहिंसा जस्ता घट्नाहरु घट्नुुले आगामी दिनमा देशमा धर्मको नाममा युद्ध नहोला भन्न सकिन्न । एक अर्को धर्मलाई भिडाएर फाइदा लुट्ने तत्वको खोजी गरि कडा भन्दा कडा कार्वाही गर्न गृहमन्त्रालय चुक्नु हुदैँन । सदियौँ देखि देखिएको भाइचारालाई धर्मको नाममा फुटाउने संस्था तथा व्यक्तिको पहिचान गरि कडा भन्दा कडा कार्वाही हुनुपर्छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top