सलमान खानले जमानत पाए

सिन्धुली साैगात संवाददाता २०७४ चैत २४ गते शनिवार काठमाडौं

 

कालो हरिणको शिकार गरेको अभियोगमा पाँच वर्षको जेल सजाय पाएका बलिउड अभिनेता सलमान खानलाई शनिबार ‘जमानत’ मिलेको छ ।

 

उनले ५० हजार भारतीय रुपैयाँको मुचुल्का भर्नुपर्नेछ । उनी दुई दिनदेखि जोधपुरस्थित सेन्ट्रल जेलमा छन् । उनी शनिबार साँझसम्म जेलबाट निस्कनसक्ने जनाइएको छ ।

 

सन् १९९८ मा राजस्थानमा ‘हम साथ साथ हे’ फिल्म सुटिङकाक्रममा जोधपुरमा सलमानको टोलीले संरक्षित जनावर कालो हरिण मारेको अभियोग लगाइएको थियो । सलमानले भने उक्त आरोप अस्वीकार गर्दै आएका छन् ।

 

सोही फिल्मको छायांकनकाक्रममा सलमानसँगै रहेका अभिनेता सैफअली खान, अभिनेत्री सोनाली बेन्द्रे, तब्बु र नीलमविरुद्ध पनि मुद्दा लगाइएपनि उनीहरुलाई निर्दोष ठहर गरिएको छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top