आम्दानी गर्ने भएपछि महिलाप्रति हेर्ने दृष्टिकोण नै फरक

सिन्धुली साैगात संवाददाता २०७४ चैत २४ गते शनिवार सिन्धुली

 

दुधौली नगरपालिका ३ निपाने खुट्टेपानीकी मुसो अधिकारी व्यवसायिक कुखुरा पालन, किनारा पसल र माछाको व्यापार गर्छिन् । उनीले सूर्यमुखी महिला बचत तथा ऋण सहकारी सँस्थामा आवद्ध भएर ऋण लिई व्यवसाय सुरु गरेकी हुन् । सुरुमा उनले सहकारीबाट ५ हजार ऋण लिएर किराना पसल सुरु गरिन् । किराना पसलबाट कमाएर सहकारीको ५ हजार ऋण तिरिन र फेरी १५, हजार २० हजार गर्दै ५० हजार ऋण लिएर तिर्दै गईन र व्यवसायलाई अगाडी बढाईन ।

 

अहिले त उनले किराना पसलको साथै कुखुरा पालन र माछाको समेत व्यपार गर्न थालेकी छिन् । उनी एक लटमा ६ सय कुखुरा हाली ४५ दिनमा झण्डै ८० हजार आम्दानी गर्ने सुनाउछिन् । त्यस्तै उनले किराना पसल र माछाको व्यापारबाट पनि राम्रो आम्दानी गर्दै आएकि छिन् ।

 

विभिन्न व्यवसायबाट उनले वार्षिक ८ लाखको भन्दा बढीनै आम्दानी गर्ने बताउछिन् । उनी भन्छिन् ‘सहकारीमा आवद्ध हुनु भन्दा पहिले ऋण लिएर व्यवसाय गर्ने अवस्था थिएन । किनकि गाउँमा साहु महाजनबाट ऋण लियो भने सय कडा ५ का दरले तिर्नुपथ्यो, जसले गर्दा व्यवसायबाट भएको फाईदा व्याज तिर्नै हम्य हम्य हुन्थ्यो भने अहिले सहाकारीले सय कडा १ रुपैया ५० पैसामा नै ऋण दिन थालेपछि हामी जस्ता केहि व्यवसाय गरि आत्म निर्भर बन्न चाहनेहरुका लागि सहकारीले सुनौले आवसर दिएको छ ।’

 

त्यस्तै खुट्टेपानीकै मैनादेवी राई पनि व्यवसायिक वंगुर पालन गर्छिन् । उनले पनि सूर्यमुखी महिला बचत तथा ऋण सहकारी सस्थाबाट ऋण लिई बंगुर पालन गरेकी हुन् । सुरुमा उनले सहकारीबाट ५ हजार ऋण लिएर २ वटा वंगुर पालन गरेकी हुन् भने पछि फेरी १५ हजार ऋण लिएरे ३ वटा बंगुर थपिन र व्यवसायिक रुपमै वंगुर पालन सुरु गरिन् । अहिले त उनले ५० वटा बंगुर पालेकी छिन् । जसबाट उनी वार्षिक ३ लाख भन्दा बढी आम्दानी गर्ने बताउछिन् । बंगुर पालनबाटै उनले आफ्नो सम्पूर्ण घर खर्च चलाउनुको साथै ३ छोराछोरीको पढाई खर्च समेत टारेकी छिन् ।

 

उनी भन्छिन्, ‘व्यवसायिक वंगुर पाल्नुभन्दा पहिले जिवन निकै नै कष्टकरण थियो । श्रीमान एक्लैले कमाएको पैसाले छोराछोरीको पढाई खर्च र घर खर्च टार्न निकै मुस्किल हुन्थ्यो अनि आफूलाई लाउन मन लागेको खान मन लागेको कुरामा पनि श्रीमान संग माग्नु पथ्यो भने अहिले आवश्यक परेको खण्डमा अरुलाई पनि ऋण दिन सक्ने भएकी छु ।’

 

निपाने कालापानीकी सिता अधिकारी पनि सूर्यमुखी महिला वचत तथा ऋण सहकारी सस्थामा आवद्ध छिन् । उनले पनि सहकारीबाट ऋण लिए भैसी किनिन् र अहिले भैसिको दुध वेचेर राम्रो आम्दानी गर्छिन् । भैसिको दुध बेचेर उनले पनि घरका लागि चाहिने सम्पूर्ण सामाग्रीहरु खरिद गर्नुको साथै छोराछोरीको पढाई खर्च समेत धानेकी बताउछिन् ।

 

यसरी सूर्यमुखी महिला बचत तथा ऋण सहकारी सस्था लिमिटेड ३ निपाने सिन्धुलीमा आवद्ध भएपछि महिलाहरुमा निकै नै परिवर्तन आएको छ । पहिले पहिले गाउँमा कोहि नयाँ मान्छे देख्ने वित्तिकै घरभित्र लुकेर बस्ने, आफ्नो नाम भन्न समेत अप्ठेरो मान्ने महिलाहरु अहिले सहकारीमा आवद्ध भएपछि खुलेर आफ्नो कुरा राख्न सक्ने भएका छन् । अनि महिलाहरु चुलो चौकोमा मात्र सिमित रहनुपर्छ, घर बाहिर निस्कनुहुदैन, महिलाले केहि गर्न सक्दैनन् भन्ने सोचाईलाई गलत सावित गर्दै महिलाहरुले पनि चाहेमा पुरुष भन्दा कम नहुने देखाएका छन् । त्यतिमात्र हैन सहकारी मार्फत विभिन्न तालिमहरु लिएर व्यवसाय गरिर राम्रो आम्दानी गर्ने भएपछि महिलाप्रति हेर्ने दृष्टिकोण नै फरक भएको छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top