सलमान खानलाई ५ वर्षको जेल सजाय

सिन्धुली साैगात संवाददाता २०७४ चैत २२ गते बिहीवार काठमाडौं

 

कालो हिरण मारेको आरोपमा सलमान खानलाई पाँच वर्षको जेल सजाय सुनाइएको छ ।

 

जोधपुरको अदालतले सन् १९९८ मा सलमान खानले चलचित्र ‘हम साथ साथ हे’ का छायांकनका दौरानमा कालो हिरण मारेको आरोपमा सलमानलाई सजाय सुनाएकाे हाे । सलमानलाई पाँच वर्षकाे जेल सजायसँगै १० हजार रुपैयाँ जरिवाना ताेकिएकाे छ ।सलमान खानलाई सेन्ट्रल जेल पठाउने तयारी भैरहेको छ ।

 

यही मुद्धामा अन्य कलाकार सैफ अली खान, तब्बू, साेनाली बेन्द्रे तथा नीलमलाई अदालतले सफाई दिएकाे थियाे । सलमान खानलाई जाेधपुरमा रहेकाे सेन्ट्रल जेलमा राखिने बताइएकाे छ । जहाँ अासाराम बापुलाई राखिएकाे छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top