हरिण शिकार मामलामा सलमान खान दोषी ठहर

सिन्धुली साैगात संवाददाता २०७४ चैत २२ गते बिहीवार काठमाडौं

 

बलिउड अभिनेता सलमान खानलाई भारतको एक अदालतले हरिण शिकार मामलामा दोषी ठहर गरेको छ ।

 

बिहीबार २० वर्ष पुरानो मुद्दामा जोधपुर अदालतले फैसला सुनाएको हो । सलमानलाई दोषी ठहर गरिए पनि सजाय तोकिएको छैन ।

 

सरकारी वकिलले सलमान खानलाई ६ वर्षको जेल सजायको माग गरेका छन् ।

 

दुई बहिनीसँग अदालत गएका सलमान निकै दुखि देखिएका छन् ।

 

अदालतमा बहस पुरा भएको छ अब केही बेरमा सजायको फैसला आउने छ ।

 

वकिलले कोर्टसमक्ष सलमानलाई कम सजायको माग गरेका छन् ।

 

कालो हरिणको सिकार गरेको २० वर्ष पुरानो अभियोगमा उनी मुद्दा झेलिरहेका थिए ।

 

कालो हिरण शिकार मामलामा फिल्म अभिनेता सलमान खान, सैफ अली खान, अभिनेत्री नीलम, सोनाली तथा तब्बु माथि आरोप लागेको थियो ।

 

चलचित्र ‘हम साथ साथ हे’ को छायांकनको सिलसिलामा उनीहरुले कालो हरिणको शिकार गरेको अरोप लागेको थियो ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top