सिन्धुलीमा आर्थिक गणना हुने

कृञ्जला पुलामी २०७४ चैत २२ गते बिहीवार सिन्धुली

 

सिन्धुली जिल्लामा पहिलो पटक आर्थिक गणना हुने भएको छ । जिल्ला आर्थिक गणना कार्यालय सिन्धुलीको आयोजनामा पहिलो पटक सिन्धुलीमा आर्थिक गणना हुने भएको हो ।

 

राष्ट्रिय आर्थिक गणनाका विविध पक्षमा छलफलका लागि सिन्धुलीमाढीमा आयोजित कार्यक्रममा सो जानकारी गराइएको हो । अब जिल्लाका ९ वटै स्थानीय तहमा आँउदो बैशाख १ गतेदेखि गणकहरुले घर – घरमा गएर आर्थिक गणना गर्ने छन् ।

 

कार्यक्रममा आर्थिक गणना समन्वय कार्यालय प्रमुख चुढामणि लुइटेलले कार्यक्रमका बारेमा जानकारी दिँदै आर्थिक णगना भनेको के हो, यसको विशेषता, आवश्यकता र गणनाको उद्देश्यबारे प्रष्ट पारेका थिए ।

 

आर्थिक गणना अन्तरगत १७ वटा आर्थिक इकाई भित्र पर्ने विभिन्न क्षेत्रको गणना गरिने उनले कार्यक्रममा जानकारी दिए । जस अन्तरगत शिक्षा, यातायात, घरजग्गा, दर्ता गरिएका संघसंस्था, हुलाक कार्यालय, पत्रकार महासंघ, दर्ता गरिएको कृषि, व्यापार, व्यवसाय, उद्योग, फुटपात व्यवसाय, रोजगारी लगायतको आधारमा आर्थिक गणना गरिने समन्वय प्रमुख लुइटेलले जानकारी दिए ।

 

त्यस्तै आफ्नो दैनिकी चलाउनका लागि गरिएको कृषि, सार्वजनिक प्रशासन, अन्तराष्ट्रिय गैरसरकारी संघ संस्था, कुनै एउटै व्यक्ति विभिन्न पेशाामा आवद्ध भए कुनै एक क्षेत्रको बाह्येक अन्य क्षेत्रको आर्थिक गणना गरिने छैन ।

 

गणकहरुले घर – घरमा गोप्य तरिकाबाट व्यक्तिगत, पारिवारिक, व्यवासाय सञ्चालक वा व्यवस्थापकहरुलाई सोधि संकलन गर्ने छन् । आर्थिक गणना समन्वय कार्यालय प्रमुख लुइटेलले तथ्यांक संकलनले व्यक्तिगत जीवनमा र राज्यलाई तिर्नुपर्ने करमा कुनै पनि असर नपार्ने भन्दै यो तथ्यांक गोप्य रहने बताए ।

 

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आर्थिक गणनाका लागि खटिने गणकहरुलाई सहि सुचना तथा जानकारी दिएर सहयोग गर्न आग्रह गरे । जिल्लामा यो कार्य पहिलो पटक भएकाले बुझेका नागरिकहरुले अरुलाई बुझाएर सहयोग गर्न आग्रह गर्दै कार्यक्रमलाई सफल पार्न सम्पुर्ण जिल्लाबासीहरुलाई अनुरोध समेत गरे ।

 

प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी, उद्योग बाणिज्य संघ, निर्माण व्यवसायी संघका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

 

कार्यक्रमको सञ्चालन जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीले गरेका थिए । सिन्धुली जिल्लामा पहिलो पटक आर्थिक गणना हुन लागेको हो ।

 

गणकहरुका लागि तालिम हुने

 

आर्थिक गणनाका लागि जिल्लामा खटिने गणकहरुका लागि विहिवारदेखि तालिम हुने भएको छ । गणकहरुले आर्थिक क्षेत्रका विविध १७ प्रकारमा आधारीत रहि गणनाका लागि सहयोगन गर्ने छन् । तालीम पश्चात आउँदो बैशाख महिनादेखि गणनाका लागि खटिने छन् ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top