सन्दीपले दुई ओभरमा  १ विकेट लिए 

सिन्धुली साैगात संवाददाता २०७४ चैत २० गते मंगलवार काठमाडौं

 

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर “गुगली वाई” सन्दीप लामिछाने यतिबेला इन्डियन प्रिमियर लिग आईपीएलको बन्द प्रशिक्षण ब्यस्त रहेका छन् ।

 

बन्द प्रशिक्षणमा सन्दीपले आफ्नो प्रभाव टिममा देखाउन सुरु गरेका छन् । दिल्लीबाट सन्दीपले भने – अभ्यास खेलमा दुई ओभर बलिङ गरेर एक विकेट लिएको सन्दीपले बताएका छन् । तर कुन खेलाडीलाई आउट गरेको भने खुलाएनन ।

 

सन्दीपले भने निकै राम्रो अनुभव गरि रहेको छु । आफुले सोचे जस्तै बल फ्याँक्न सफल भएको छु । अप्रिल ७ तारिखबाट भारतका विभिन्न शहरमा हुने आईपीएलमा सन्दीपको टिम दिल्ली डेयर डेभिल्सले अप्रिल ८ मा किंस इलाभेन पञ्जावसँग खेल्ने छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top