शिक्षक नै मतिभ्रष्ट भएपछि कहाँ पुग्ला हाम्रो शिक्षा ?

लिला पौडेल २०७४ चैत १३ गते मंगलवार काठमाडौं

 

 

लेखक: लिला पौडेल

 

केहि वर्ष अघि तत्कालिन बेलघारी गा.वि.स.मा रहेको सबैभन्दा ठूलो उच्च मा.वि. स्कुलका प्राचार्यले एउटा विवाह भोजमा अत्याधिक मदिरा सेवन गरेर आफ्ना विद्यार्थीहरु विचमा नाचिरहेका थिए उनि अहिले अन्यत्र सरुवा भई गई सकेका छन् ।

 

सोहि घटनाकै ऐरि फेरी तिरको अर्को एक घटना हाल तीनपाटन गाउँपालिका अन्र्तगतको मझुवा दोभानमा मदिरा पान गरेर झगडा हुदा एउटा शिक्षकले बोतलले हानेर अर्को शिक्षकको आँखै फूटाइदिंए ।

 

केहि वर्ष अघि नै लङ्गुर नर्कटेका एकजना शिक्षकको मदिरा सेवनकै कारण मृत्यु भयो ।

 

हाल सालै २०७४ पौषमा भिमस्थान शाखाजोर घर भएका एकजना शिक्षकको मदिरा सेवनकै कारण मृत्यु भयो ।

 

सबैले बुज्नु पर्ने कुरा के हो भने माथि उल्लेखित त सिन्धुली जिल्लाका केहि प्रतिनिधि उदाहरण हुन र त्यो समग्र देशकै समस्या हो । ग्रामिण बस्तीमा विद्यालयलाई सचेतनाको केन्द्र मानिन्छ समाज लाई समुन्नती तर्फ डोर्‍याउने माध्यम र थलो नै विद्यालय हो तर त्यहि विद्यालयका शिक्षकहरु जसको हातमा लाखौ विद्यार्थीको भविष्य जोडिएको छ । मान्छेलाई सामाजिकता तर्फ दिशानिर्देशन गर्ने विद्यालयका शिक्षकहरु नै मदिरा पान गरेर पढाउने जाने जाँड खाएर होहल्ला गर्ने भएपछि विद्यार्थीको मनोविज्ञान कस्तो बन्ला र उनीहरुको भविष्य कता जाला सहजै अनुमान गर्न सकिन्छ । शिक्षकहरुको यस्तो कु–संस्कृति प्रती राज्यको दृष्टिकोण के हो ? त्यो प्रस्ट हुन आवश्यक छ । जुवा तास, जाड रक्सी सेवनलाई सामाजिक उन्नती र मानविय समाज निर्माणको लागि बाधक मानिन्छ र त्यो विषय स्वयंम विद्यालय पाठ्यपुस्तकमै पढाइन्छ तर त्यस्तो असल विद्या पढाउने शिक्षक नै व्यवहारमा जे नगर्नु भनेको हो त्यहि गर्छ भने त्यस्ता शिक्षकहरुलाई सरकारले कारवाही गर्नु पर्दैन ? ग्रामिण भेगका विद्यालय आसपासमा रहेका भट्टि पसल प्राय शिक्षकले भरिएका हुन्छन । विद्यालय आसपासमा रहेका छात्रवासहरुमा जहा शिक्षकहरु पनि बस्ने गर्दछन त्यस्ता ठाउँमा विद्यालय बन्द भएको समयमा त छदै छ । विद्यालय छुट्टि नभएको समयमा पनि शिक्षकहरु तास र रक्सी मा मस्त देखिन्छन् । अहिले त बहुराष्ट्रिय कम्पनीका मध्यपानका बोलतहरुको थुप्राका थुप्रा देखिन्छन र दिनभरि समाजलाई जाडरक्सी मुक्त समाज बनाउने भन्ने अभियानमा लागेका भन्ने सुकिला मुकिलाहरु बेलुकी बहुराष्ट्रिय कम्पनीका चेप्टा बोतल सँग अगालो मारेर बसेको पाइन्छ । यस्तो विकृती र कु–संस्कृति लाई निरन्तरता दिने भनेका केहि आय स्रोत भएका स्थानीय भ्रष्ट राजनीतिक कार्यकर्ता देखि ठेक्दार शिक्षक र समाजका अगुवा नै छन् । मध्यपान संस्कृतिका हिमायती हरु शिक्षक मात्र त होइनन तर यो लेखको उठानको विषय आज शिक्षक नै नभएको हुनाले यसै सन्दर्वको चिरफार गरिने छ ।

 

माथि नै भनियो कि विद्यालयको प्रधानध्यापक नै मध्यपानको मातमा आफूले पढाएका विद्यार्थीलाइ तालि बजाउन लगाएर भोज भतेरमा नाच्दा अभिभावक र स्वयंम आफैले पढाएका विद्यार्थीलाई कस्तो प्रभाव पर्ला ? सिकाइ भनेकै शिक्षकले भनेको कुरा लाई व्यवहारमा लानु हो । शिक्षकले व्यवहारमा जे गर्छन विद्यार्थीले सबभन्दा पहिला त्यहि सिक्छन र विद्यालयमा पढाउदा नराम्रो काम गर्नु हुदैन जाँड रक्सी सेवन गर्नु, जुवा तास खेल्नु समाजको लागि खरावी हो यस्तो व्यवहार गर्नेहरुलाइ समाजिक रुपबाटै रुपान्तरण गर्नु पर्छ भन्ने शिक्षक त्यहि विद्यार्थी सँग जाँड आएर नाँचेपछि सम्भ्य समाज कसरी बन्छ ? यो त जो अगुवा उहि बाटो… भने जस्तै भएन र ? अर्कोतीर मझुवा दोवानका शिक्षकहरु जाँड खाएर आपसमा झगडा गर्दै एक शिक्षकले अर्को शिक्षकको आखाँ नै फूटाउनु जस्तो जगघन्य अपराध गरेको देखेका कलिला विद्र्यीको दिगमा चिरकाल सम्म कति नकारात्मक प्रभाव पर्छ होला ? केहि जड्याहा शिक्षकको व्यवहारले गर्दा ति शिक्षकले पढाएका विद्यार्थी त्यो विद्यालय त्यो समाजलाई नकारात्मक प्रभाव पारिरहेको छ । तर त्यसको कारवाही के भयो त ? उल्टै राजनीतिक आड भरोसामा कानुनले तोकेको सामान्य दण्ड सजाय पनि तपाई त्यस्ता व्यक्तिहरु छुट्ने गरेको उदाहरण पनि हाम्रो वरपर प्रसस्तै पाईन्छ । राज्यको तर्फबाट पनि त्यस्ता गतिविधि गर्नेलाई निरुत्साहित गर्नु पर्ने ठाउँमा अप्रत्यक्ष ढंगले संरक्षण गरेको पाईन्छ ।

 

पछिल्ला दुई जना शिक्षक जो चौविसै घन्टा रक्सीको मातमा हुन्थे त्यहि कारणले उनिहरुको मृत्यु नै हुन पुग्यो यस्तो दुःखदायी घटना हेर्दा हाम्रो समाजमा जाँड रक्सी सेवनले कस्तो जटिल अवस्था सृजना गरेको रहेछ सबैले अनुमान लगाउन सक्छन । शिक्षक जस्तो मर्यादित पेसामा बसेको मान्छे जड्याहा भएर जागिर खाइरहदा राज्य चलाउनेहरु किन मुक दर्शक छन् ? शिक्षाको माथिल्लो निकाय किन यो बारेमा कारवाही अगाडि बढाउदैन ? यसबारेमा समाजका असल मान्छेहरुले किन खवरदारी गर्दैनन ? सचेत वर्गले त यस्तो विषय वस्तुमा तत्काल कदम चाल्न ढिलाई नै भईसकेको छ । माथि नै भनियो कि यो प्रबृती सबै क्षेत्रमा देखापरेको छ विद्यालयमा मात्र होइन । जुन जुन ठाउँका घटना विवरण माथि उल्लेख गरियो ती ठउँ त प्रतिनिधि उदाहरण मात्र हुन । यस्तो प्रबृती बढिगरि सरकारी विद्यालयमा हुने गरेका छन् । गम्भीर भएर सोच्नु पर्ने आवश्यकता किन पनि हो भने सरकारी विद्यालयमा पढ्ने विद्यार्थी भनेका गरिव निमुखा जनताका छोरा छोरी हुन । धनि सम्पन्न सत्ताधारी पार्टीका स्थानीय भ्रष्ट कार्यकर्ता ठेकेदार र दलाल पैसामा पेसामा रहेकाहरुका छोराछोरीहरु ठूला महङ्गा शहर बजारका बोर्डिङ स्कुलहरुमा पढाउछन त्यती मात्र होइन स्वयंम सरकारी विद्यालयमा पढाउने शिक्षकका छोराछोरीहरु सरकारी विद्यालयमा पढाउदैनन बोर्डिमा पाढउछन् त्यस्ता शिक्षकहरुलाई आफ्नो विद्यालयका विद्यार्थीहरुको भविष्य प्रती कुनै मतलव नै हुदैन छैन । त्यस्ता शिक्षकहरुलाई विद्यालय जानु भनेको नितान्त तलव पकाउनु मात्र भएको छ । त्यसैले पनि सामुदायिक विद्यालय दिन प्रतिदिन भट्टि घरमा परिणत गराउन खोज्दै छन् कि जस्तो देखिन थालेको छ ।

 

नेपालको शिक्षा प्रणाली सर्वप्रथम त वस्तुबादी छैन अर्थात राष्ट्रियता जनतन्त्र जनजिवीका प्रती मेल खाने खाल्को छैन भने अर्कोतिर यहि बुर्जुवा शिक्षा प्रणालीमा पनि तल्लो बर्गका जनताका छोराछोरी आधारभूत आवश्यकता पाउनबाट बन्चित छन् । राज्य शिक्षा क्षेत्र लाइ पान्छाउदै समग्र शिक्षा प्रणाली नै निजी क्षेत्रलाई जिम्मा लगाएर शैक्षिक माफियाको हातमा शिक्षा क्षेत्र पु¥याउन खोज्दै छ जस्तो देखिन थालेको छ । सर्बप्रथम त नेपालका शासक बर्गले २०२८ सालमा बाहिरबाट आयत गरेको शिक्षा प्रणाली यथावत छ । यो शिक्षाले यथास्थीतीबादी सत्ताको चाकडी गर्ने गरेको छ । व्यक्तीबादी अराजक पदलोलुप दास मनोबृत्ती भएका सत्ताका नोकरहरु उत्पादन गर्छ । यो शिक्षा प्रणालीबाट उत्पादित जनशक्ती व्यक्तीबादी हुन्छ । सामाजिक भावना असमान हुदैन । हामी र हाम्रो नभएर म र मेरो यो शिक्षा प्रणालीको परिचय हो ।त्यसैको कारण माथि उल्लेखित शिक्षकहरुको व्यवहार र प्रबृती देखिएको पाइन्छ ।

 

देशमा लोकतान्त्रीक गणतन्त्र आएको भनिएको छ । तर लोकतान्त्रीक मूल्य मान्यता र संस्कार संस्कृति राज्यको कुनै पनि क्षेत्रमा देखा परेको छैन । लोकतान्त्रीक संस्कृति भनेको राष्ट्रियता र जनतन्त्र सुहाउदो बैज्ञानिक संस्कृति हो तर शिक्षा क्षेत्रकै कुरा गर्ने हो भने यस्तो पाइदैन । उत्तर आधुनिकताबादले जकडेको छ । शैक्षिक क्षेत्रमा पनि जसको कारण एउटा शिशित मान्छे समाज प्रति राष्ट्र प्रति बेसरोकार छ । बैज्ञानिक चिन्तनले शु–सुचित हुनुपर्ने शिक्षित मान्छे आफ्नै लागि र समाजकै लागि भार भएको छ । नेपालमा शिक्षितहरु छन् अर्थात बुद्धिजिवीहरु छन् तर बैद्धिक छैनन । समाज बदल्ने असल समाज कसरी बनाउने भन्दा पनि कसरी जागिर खाएर पैसा कमाउने भन्ने जागिरे मानसिकता बुद्धिजिवीहरु बग्रेल्ती छन् । बौद्धिक छैनन । बौद्धिक चिन्तक छैन । किन हुन्छ यस्तो अवस्था भन्दा नेपालको राज्य सत्तामा क्रान्ती हुन सकेको छैन । बैज्ञानिक दर्शन बोक्ने आधारभूत उत्पीडित जनताको हातमा राज्यसत्ता प्राप्त हुन सकेको छैन । राज्य सत्ता नै व्यक्तीबादी भ्रष्ट र शोषक बर्गलाई संरक्षण दिने सत्ता भएको छ ।

 

माथि प्रबृतीगत रुपमा जस्ता शिक्षहकरु देखियो ती शिक्षकहरुले जरी मानव जीवनको महत्व र मान्छे हुनुको अर्थ बुज्न सकेनन र पेसागत मर्यादा ख्याल नगरेर आफ्नो जीवनको अन्त्य गरे त्यसको दोष सतही रुपमा हेर्दा त उनीहरु आफै होलान तर गहन तरिकाले विश्लेषण गर्दा त्यस्तो निच चरित्र हुनुमा राज्य सत्ताको पनि महत्वपूर्ण हात रहेको छ । जव सम्म बर्तमान व्यक्तीबाद र उत्तर आधुनकिताबाद लाई प्राश्रय दिने अर्ध सामन्ती र अर्ध औपनिवेसीक अवस्थाको राज्य सत्ता रहन्छ तव सम्म त्यस्तो प्रबृती समाजबाट अन्त्य हुन सक्दैन । त्यसको लागि जनवादी राज्य सत्ता र त्यस मातहतको जनवादी शिक्षा लागु गरिदैन तव सम्म यस्तो खराव प्रबृती जनताले झेली रहनु पर्ने देखिन्छ । तर पनि यहि सत्ता भित्र सुधारमात्र चाहानेहरुले पनि तुलनात्मक रुपमा बर्तमान शैक्षिक प्रणालीमा केहि सुधार गरेरर जानको लागि पनि गलत प्रबृति विरुद्ध जुध्न आवश्यक छ । जसका लागि आफूले देखेका गलत कामको खुलेर विरोध गर्ने बानीको विकास गर्न आवश्यक छ ।
सफल नेपाल साप्ताहिकबाट

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top