शिक्षाविदहरु संग सुझाव संकलन

सिन्धुली साैगात संवाददाता २०७४ चैत १० गते शनिवार सिन्धुली

 

शैक्षिक कार्यविधि निर्माण सम्बन्धि अन्तक्र्रिया कार्यक्रम सिन्धुलीको सुनकोशि गाउँपालिकामा सम्पन्न भएको छ ।

 

गाउँपालिकाको शैक्षिक कार्यविधि निर्माणका लागि शिक्षा विद र विभिन्न सरोकारवालाहरुसंगको सुझाव संकलन गर्ने उद्देश्यले अन्तक्रिया कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

 

सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोराको अध्यक्षता तथा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सांसद हरिबोल गजुरेलको प्रमुख आतिथ्यता तथा शिक्षा विद विद्यानाथ कोइलाको विशेष आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश सांसद विनोद खड्का, राजन दाहाल, प्रदिप कट्वाल, जनकपुर तालिम केन्द्रका प्रशिक्षक चन्द्र प्रसाद लुइटेल, जिल्ला शिक्षा अधिकारी केदार कुमार गिरी, गाउँकार्यपालिकाका सदस्यहरु, गाउँपालिकाका विद्यालयका प्रधानाध्यापकहरु लगाएतको उपस्थितिमा गाउँपालिकाको शैक्षिक कार्यविधि निर्माण सम्बन्धि सुझाव संकलन गरिएको गाउँपालिका प्रमुख बोहोराले जानकारी दिइन ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top