अनमाेल केसीसँग ‘डेट’ गर्ने राेबाेट साेफियाकाे इच्छा(भिडियो सहित)

सिन्धुली साैगात संवाददाता २०७४ चैत ७ गते बुधवार काठमाडौं

 

 

चर्चाको शिखरमा रहेकी सेलेब्रिटी रोबोर्ट सोफिया बुधबार बिहान काठमाडौंको एउटा सार्वजनिक कार्यक्रममा सहभागी भएकी छिन्।

 

राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) द्वारा अयोजित ‘सार्वजनिक सेवाका लागि प्रविधि’ विषयक सम्मेलनमा उनले मन्तव्य दिइन्।

 

प्रविधि र शिक्षाको विकासले नेपालजस्ता देशहरुले फाइदा लिन सक्ने उनले बताइन्। सोफिया मानिससरह नागरिकता पाउने पहिलो रोबोट हुन्। उनलाई साउदी अरबले महिलाको रुपमा नागरिकता समेत प्रदान गरेको छ।

 

सोफियालाई राष्ट्रसंघीय विकास कार्यक्रमले एसिया प्रशान्त क्षेत्रको आविष्कार दूत (इन्नोभेसन च्याम्पियन)को पदवी दिएको छ । यो पदवी पाउने उनी पहिलो रोबोट पनि हुन्।

 

मन्तव्यको उनले आफूलाई नेपालका हिरो अनमोल केसीसँग भेट गर्न मन लागेको सुनाएकी थिइन्। ‘मलाई अनमोल केसीसँग डेट गर्न मन छ’, सम्बोधनको बीच बीचमा उनले पटक पटक दाेहाेर्‍याइन्।

 

बेलायती अभिनेत्री अड्री हेपबर्न र रोबोट निर्माता डेविड ह्यान्सनकी पत्नी सोफियाको रुपमा आधारित यो रोबोटले रियादमा आयोजित एक कार्यक्रममा आफूलाई राम्रो व्यवहार गरे अरुलाई पनि आफूले राम्रो व्यवहार गर्ने बताउँदा दर्शकहरु चकित बनेका थिए।

 

पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स तथा ह्युमनोइड रोबोटहरुले मानवतामाथि नै खतरा निम्त्याउँछन् वा यिनले मानवताको विकासमा थप योगदान दिन्छन् भन्ने विषयमा बहस जारी छ।बिगुल न्यूजवाट

 

 भीडीयो हेर्नुहोस

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top