सिन्धुली उद्योग वाणिज्य संघको २७ औ वार्षिक साधारण सभा

सिन्धुली साैगात संवाददाता २०७४ फागुन २९ गते मंगलवार सिन्धुली

 

उद्योग वाणिज्य संघ सिन्धुलीको २७ औ वार्षिक साधारण सभा सिन्धुलीमाढीमा सञ्चाल भएको छ ।

 

कर्यक्रममा बोल्दै प्रमुख अतिथि तथा उद्योग वाणिज्य महासंघका वरिष्ठ केन्द्रिय सदस्य चण्डीराज ढकालले उद्योगि व्यवसायीको हक हितमा मात्र नभएर समाजिक क्षेत्रलाई रुपान्तरण गर्न स्थानिय निकाय र नेपालसरकारसंग सहकार्य गर्दै नितिगत रुपमा अगाडि बढाउनु पर्ने परियोजनालाई संयुक्त रुपमा केन्द्रमा पुर्‍याउन उद्योग वाणिज्य महासंघले लभिङ गर्ने बताए । जसले विदेशिएकाका युवाहरुलाई आफ्नै ठाउँमा स्वरोजगार बनाउने उनको भनाई छ ।

 

 

उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष विनेश कुमार श्रेष्ठकोको अध्यक्षता तथा उद्योग वाणिज्य महासंघका वरिष्ठ केन्द्रिय सदस्य चण्डीराज ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पूर्व सांसाद मोहन बराल, सहायक प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडा, कमलामाई नगरपालिकाका प्रमुख खड्ग खत्री, जिल्ला प्रहरी कार्याल्य सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक टिका बहादुर केसी, नेकपा एमालेका सचिव सूर्य पाख्रिन, नेपाली काँग्रेस सचिव दिपक घिमिरे, नेकपा माओवादी केन्द्रका ज्वाला प्रसाद न्यौपाने पुकार, जिल्ला शिक्षा अधिकारी केदार कुमार गिरि, नेपाल रेडक्रश सोसाइटि जिल्ला शाखा सिन्धुलीका सभापति अशोक श्रेष्ठ, नेपाल पत्रकार महासंघ सिन्धलीका सभापति राजन कार्की लगाएतले मन्तव्य राखेका थिए ।

 

उद्योग वाणिज्य संघका महासचिव अर्जुन कुमार श्रेष्ठले सस्थाको आर्थिक वर्ष २०७३/७४ को प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । भने सस्थाका कोषाध्यक्ष कामेश्वर महतोले वार्षिक आर्थिक प्रगति प्रतिवदेन प्रस्तुत गरेका थिए ।

 

साधारण सभामा सस्थाको झण्डै ६० लाख बराबरको आव्यव्य प्रस्तुत गरिएको छ । जसमा आय ३० लाख ९४ हजार ५६९ रुपैया र व्यय २८ लाख ७२ हजार ३३२ रुपैया रहेको आयोजकले जनाएको छ ।

 

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top