स्वदेशी वस्तुलाई प्रोत्साहन गर

सम्पादकीय २०७४ फागुन २९ गते मंगलवार सम्पादकीय

 

नेपालले अधिकांश वस्तुहरु बाहिर देशबाट निर्यात गर्दछ । स्वदेशी वस्तुको उत्पादनलाई प्रोत्साहन र प्रचार प्रसार गर्न नसक्दा स्वदेशी वस्तुहरुको बजारमा माग घटेको छ । त्यसैगरि, जनशक्ति र उपकरणको अभावले गर्दा पनि स्वदेशी वस्तुहरुको उत्पादनमा कमि आएको छ । यस्ले गर्दा अधिकांश वस्तुहरु नेपालले निर्यात गर्नुपर्ने बाध्यता छ । स्वदेशी वस्तुको उत्पादन र प्रचारप्रसार हुन नसक्दा बजारीकरण हुन सकिरहेको छैन । राज्यले पनि स्वदेशी वस्तुको उत्पादन र प्रचारप्रसारकालागि खासै चासो देखाएको छैन । तसर्थ, देशको अर्थतन्त्रलाई थप बलियो बनाउन निर्यात कम गर्नुपर्छ । निर्यात भन्दा आयात बढि हुन सक्यो भने नेपालको अर्थतन्त्र बलियो हुने संभावना छ । त्यसैले पनि सरकारले स्वदेशी वस्तुको उत्पादनमा वृद्धि गराउन व्यवसायीहरुलाई प्रोत्साहन गर्न जरुरी छ ।

 

भारतले लगाएको अघोषित नाकाबन्दीका बेला देखिएको अभावले नै प्रष्ट पार्दछ कि स्वदेशी वस्तुलाई प्राथमिकता दिन नसक्दा आपत्कालिन अवस्थामा उपभोक्ताहरुले भिषण समस्या झल्नुपर्ने हुन्छ । त्यसकारण पनि स्वदेशी वस्तुको उत्पादन र प्रोत्साहनकालागि राज्यले विशेष किसिमको प्रोत्साहन राशि राख्न आवश्यक छ ।

 

स्वदेशमा उत्पादित वस्तुलाई प्रोत्साहन गरेमात्र देशको विकास संभव छ । अर्थतन्त्रका आधारभूत क्षेत्रहरु कृषि, वन, खनिज, पर्यटन, जलश्रोत क्षेत्रलाई अधिकतम प्रयोग गर्न सकेमात्र मुलुक विकास हुनेहुँदा सरकारले उक्त क्षेत्रलाई प्राथमिकता दिनुपर्छ । अतः स्वदेशी वस्तुलाई प्रोत्साहन गर्दै वस्तु निर्यात कम गर्नुपर्छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top