अबरुद्ध विपि राजमार्ग सुचारु

सिन्धुली साैगात संवाददाता २०७४ फागुन २९ गते मंगलवार सिन्धुली

 

ईट्टा वोकेको ट्रक सडकमा पल्टदा अबरुद्ध बनेको विपि राजमार्ग अहिले सुचारु भएको छ ।

 

क्रेनको सहायताले सडकमा दुर्घटना भर्ई पल्टिएको ट्रकलाई पन्छाईएपछि राजमार्गमा सवारी आवागमन सुचारु भएको हो ।

 

सुनकोसी गाउँपालीका ६ चैनपुर भन्ने स्थान नजिकै गए राती नै ईटा लोड गरिएको बा ५ ख ३३४७ नम्बरको ट्रक पल्टीएपछि राजमार्ग अवरुद्ध भएको थियो ।

 

विहानै देखी राजमार्गमा सवारी आवागमन सुचारु गर्न जेसिविले ट्रकलाई पन्छाउन प्रयास गरेपनि जेसिविले नसकेपछि क्रेन मगाईएको थियो । स्थानीय जेसिविले सडकमा पल्टिएको ट्रक पन्छाउन नसकेपछि खुर्कोट, बनेपा सुर्यविनायक सडक आयोजनाको क्रेन मगाई राजमार्ग सुचारु गरिएको सिन्धुलीका ट्राफिक प्रहरी प्रमुख चन्द्रफाजु श्रेष्ठले जानकारी दिए ।

 

सडकमा आफै पल्टिएको ट्रकलाई क्रेन, जेसिवि, स्थानीय, नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीयको प्रयासमा सडकमा दुर्घटना परि राजमार्ग अवरुद्ध पार्ने ट्रकलाई पन्छाईएको उनले जानकारी दिए ।

 

अहिले राजमार्गमा दुवै तर्फिका सवारी साधन सहजताका साथ पहिलाका झै आवात जावत गर्न र गन्तव्यमा पुग्न सक्ने उनले जानकारी दिए । सडकमा लाम्बद्ध भएका सवारी साधनहरु अहिले सहजताका साथ गन्तव्य तर्फ लागेका र राजमार्गमा कुनैपनि अवरोध नभएको उनले जानकारी दिए ।

 

विहानै तराई तथा पहाडी जिल्ला बाट राजधानी तथा राजधानीबाट गन्तव्य तर्फ हिडेका सवारी साधनहरु जाममा परेका थिए । सडकमा लामबद्ध भएका सवारी साधनलाई स्थानीय, प्रहरीले नजिकै रहेका कच्चि सडकबाट एकतर्फिका सवारी साधन लाई गन्तव्य तर्फ पठाएको थियो ।

 

विपि राजमार्गमा तिव्र गतिमा सवारी साधन चलाउदा सर्वसाधारणले क्षती तथा हैरानी वेहोर्नु परेको भन्दै सवारी चालकलाई नियम पुर्वक र सावधानी तरीकाले सवारी साधन चलाउन सिन्धुलीका ट्राफिक प्रहरी प्रमुख श्रेष्ठले चालकहरुलाई आग्रह गरे ।

 

सवारी चालकले सडक नियमको पालना गरि सवारी चालाउन आफुहरुले सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको र केही चालकले नियमको पालना नगर्दा वेला वेलामा राजमार्गमा अप्रत्यासित दुर्घटना हुने गरेको भन्दै विस्तारै सवारी चलाई यात्रुलाई सहजताका साथ गन्तव्यमा पुर्‍याउने तर्फ चालक गम्भिर हुनुपर्ने उनको भनाई छ ।

 

विपि राजमार्गमा दुर्घटना न्यूनीकरण गर्न टाईम कार्डको लागु गरिएको छ । केही समय दुर्घटना दर न्युन रहेको विपि राजमार्गमा अहिले दैनिक साना तथा ठुला दुर्घटना हुने गरेका छन् ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top