विपी राजमार्ग अवरुद्ध

सिन्धुली साैगात संवाददाता २०७४ फागुन २९ गते मंगलवार सिन्धुली

 

विपी राजमार्गमा ट्रक पल्टदा आज बिहानै देखी राजर्मामा सवारी आवागमन अवरुद्ध भएको छ ।
सुनकोशी गाउँपालिका ६ चैनपुर खण्डमा ईटा लोड गरिएको ट्रक पल्टीएपछि राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको हो ।

 

गए राती बा ५ ख ३३४७ नम्बरको ट्रक पल्टिएको जिल्ला ट्राफिक प्रहरीको कार्यालय सिन्धुलीले जनाएको छ । बिहानै देखि राजमार्ग सुचारु गर्न प्रयास गरेपनि सुचारु गर्न नसकिएको सिन्धुलीका ट्राफिक प्रहरी प्रमुख चन्द्रफाजु श्रेष्ठले जानकारी दिए ।

 

बिहानै देखी जेसिबि मार्फत ट्रकलाई सडकको एक छेउमा राखी पन्छाउने कार्य गरेपनि जेसिविले उक्त ट्रक पन्छाउन नसकेको उनले जानकारी दिए । जेसिबिले ट्रक हटाउन नसकेपछि अहिले क्रेन मगाइएको समेत उनले जानकारी दिए । सो क्रेन अहिले भकुण्डेवेशीमा आएको र दुर्घट्ना भएको ठाउँसम्म आउन केही समय लाग्ने भएकाले अझै केही घण्टा राजमार्ग अवरुद्ध हुने उनले जानकारी दिए ।

 

सिन्धुली लगाएतका तराईका जिल्लाबाट राजधानी र राजधानीबाट विपी राजमार्ग हुदैँ पहाडी तथा तराईका जिल्लामा हिडेँका सवारी अहिले सुनकोसी गाउँपालिकामा रोकिएका छन् ।
यता जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक टिका बहादुर केसीले राजमार्ग भएर गन्तव्य तर्फ हिँडेका सवारी साधनलार्य वैकल्पिक सडकबाट पठाउने कार्यभई रहेको बताए । खहरेबाट सवारी साधनलाई एकतर्फि मात्र आवगमना गराईदा सवारी साधन रोकिएका छन् ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top