विमान दुर्घटनाको कारण खुल्यो

सिन्धुली साैगात संवाददाता २०७४ फागुन २८ गते सोमवार काठमाडौं

 

त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलले दुर्घटना भएको बंगलादेशको एयर युएस बंगला विमान नियमित रुटभन्दा फरकतिरबाट अवतरण गर्न खोज्दा दुर्घटना भएको जनाएको छ ।

 

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीकाअनुसार उक्ता विमानका पाइलटले अटेरी गर्दा उक्ता दुर्घटना भएको हो ।

 

विमान दुर्घटनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘एअर ट्राफिक कन्ट्रोलरले दक्षिण तर्फदेखि अवतरण गर्न पटकपटक निर्देशन दिएका थिए । तर, पाइलटले मानेनन । उत्तरदेखि अवतरण गर्न अनुमति मागे । विमान उत्तर पूर्वतिर गयो । फेरि एअर ट्राफिक कन्ट्रोलरले चालकलाई तपाइको एलान्मेन्ट मिलेन भनेर जानकारी गराए । विमान आर्मी ह्याङगरतिर गएर ठोक्कियो ।’

 

यस्तो छ विमान दुर्घटनाको कारण

 

मेनेजर क्षेत्रीका अनुसार विमान नियन्त्रण कक्ष( कन्ट्रोल रुम)को निर्देशन नमान्दा विमान दुर्घटनामा परहेको हो । प्राविधिक भाषामा ९ नर्टिकल माइलबाट आइसकेपछि टावरले चालक दलका सदस्यलाई जिरो पोइन्ट २ (कोटेश्वर तर्फ) बाट अवतरण गर्न निर्देशन दिएको थियो । तर पाइलटले ‘म २ प्वाइन्ट जिरोबाट ल्याण्ड गर्छु भन्दै उत्तर तिर(वौद्धतर्फ) बाट ल्याण्ड गर्न खोज्दा विमान दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको मेनेजर क्षेत्रीले बताए ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top